राजधानीबाट बिहीबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको विवाद टुंगिएको, विवादित बुँदा सच्याएर मन्त्रिपरिषदमा लैजाने खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
नागरिक दैनिकले नेताले आफ्नो स्वार्थमा दोजर चलाउन थालेको, चिनियाँ पुँजी, नेपाली स्रोत र भारतीय बजारको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नयाँ पत्रिकाले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी भएको, पाठ्यपुस्तकमा भाषाको बिजोग भएको, ट्रमा सेन्टर सार्क सम्मेलनपछि सञ्चालन हुने खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले विवादित मुद्दामा छलफलसँगै अब संविधानको मस्यौदा निर्माण गरिने, नेपालमा पनि इस्लामिक आतंकवादी प्रभाव पर्नसक्ने ठहर भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।