News Summary
Generated by OK AI. Editorially reviewed.- यो साता सुनको भाउ प्रतितोला १३ हजार रुपैयाँले बढेर २ लाख ९४ हजार रुपैयाँमा पुगेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको सुनको भाउ अघिल्लो दिनको तुलनामा स्थिर रहेको जनाएको छ।
- चाँदीको भाउ यो साता प्रतितोला १६० रुपैयाँले बढेर आज ४ हजार ८३० रुपैयाँ कायम भएको छ।
२० चैत, काठमाडौं । यो साता सुनको भाउ प्रतितोला १३ हजार रुपैयाँ बढेको छ । गत शुक्रबार प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९४ हजारमा कारोबार भएको छ ।
यद्यपि अघिल्लो दिनको तुलनामा आज सुनको भाउ स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन पनि यही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै यो साता चाँदीको भाउ तोलामा १६० रुपैयाँ बढेको छ । गत शुक्रबार प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८३० रुपैयाँ कायम छ । अघिल्लो दिनको तुलनामा आज चाँदी ५० रुपैयाँ बढेको हो । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4