+
+
Shares

सरकारले जनताको चाहनाअनुसार काम गर्छ : अमरेशकुमार सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते १२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका सांसद डा. अमरेशकुमार सिंहले सरकार र पार्टी दुवै जनताको चाहनाअनुसार अघि बढ्ने बताएका छन्।
  • सांसद सिंहले सरकारले कुनै पनि खालको भ्रष्टाचार र कुशासन स्वीकार नगर्ने बताए।
  • उहाँले सञ्चारकर्मीलाई सरकारको काम ३ महिनासम्म सूक्ष्म ढंगले निगरानी गर्न आग्रह गर्नुभयो।

२० चैत, काठमाडौं । रास्वपाका सांसद डा. अमरेशकुमार सिंहले सरकार जनताको चाहना अनुसार अघि बढ्ने बताएका छन् ।

शुक्रबार संघीय संसद् सचिवालय परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकार र पार्टी दुवै जनताको चाहनाअनुसार अघि बढ्ने टिप्पणी गरेका हुन् ।

सांसद सिंहले सरकारले कुनै पनि खालको भ्रष्टाचार र कुशासन स्वीकार नगर्ने समेत बताए ।

जनताले विश्वास गरेर मत दिएकाले त्यसको सदुपयोग हुनेगरी सरकार अघि बढ्ने सांसद सिंहको भनाइ थियो ।

उनले सरकारले जनतामा परिवर्तनको अनुभूति हुनेगरी काम गर्ने भन्दै सञ्चारकर्मीहरूलाई ३ महिनासम्म त्यसको सूक्ष्म ढंगले निगरानी गर्न पनि आग्रह गरे ।

‘पार्टी र सरकार दुवै जनताको चाहनाअनुसार अघि बढ्छ । परिवर्तनका लागि जनताले हामीलाई जिम्मा दिएको छ । हामी जनताको जीविकामा परिवर्तन देखाएर हाम्रो सरकार र पार्टीले जनतामा परिवर्तनको आभास गराउँछ,’ उनले भने, ‘म सम्पूर्ण सञ्चारकर्मीलाईं विनम्रतापूर्वक के आग्रह गर्न चाहन्छु भने–सरकारको काम तपाईंहरूले सूक्ष्म तरिकाले ३ महिना हेरिदिनुस् ।’

सांसद सिंहले सरकारले कामलाई प्रभावकारी बनाउने गरी पार्टीले अघि बढने पनि बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?