News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले सभामुखमा निर्वाचित भए संविधान र कानुनको परिधिभित्र न्यायसम्मत काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
- अर्यालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको शक्ति पृथकीकरणको सिद्धान्त आत्मसात गर्दै व्यवस्थापिकाको गरिमालाई उच्च राख्ने बताए।
- उनले आफ्नो उम्मेदवारी नेपाली जनताको हित र राष्ट्रियताको संरक्षणका लागि भएको स्पष्ट पार्नुभयो र पारदर्शी, जनमुखी व्यवस्थापकीय कार्य गर्ने प्रतिबद्धता दोहोर्याए।
२० चैत, काठमाडौं । रास्वपाका उपसभापति डोलप्रसाद (डीपी) अर्यालले सभामुखमा निर्वाचित भएमा नेपालको संविधान र कानुनको परिधिभित्र रहेर न्यायसम्मत काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुक्रबार सिंहदरबारमा सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूले पाउने जिम्मेवारीलाई न्यायपूर्ण ढंगले निर्वाह गर्ने उनले बताए ।
अर्यालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसात गर्दै व्यवस्थापिकाको गरिमालाई उच्च राख्ने समेत बताए ।
उनले आफ्नो उम्मेदवारी नेपाली जनताको हित र राष्ट्रियताको संरक्षणका लागि भएको स्पष्ट पारे ।
उनले भने, ‘मैले जुन जिम्मेवारी पाउँदै छु, यो निर्णय अझ यसको काम बाँकी नै छ प्रक्रियामा छ । त्यसकारणले प्रक्रिया सकिएर मैले त्यो जिम्मेवारीमा पुगेँ भने नेपालको संविधान, नेपालको कानुन, नेपाली जनताको हितमा, यो राष्ट्र र राष्ट्रियताको हितमा व्यवस्थापकीय जुन हाम्रो व्यवस्थापिका छ, हामी कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको जुन विषय छ, त्यसमा व्यवस्थापिकाले गर्नुपर्ने काम न्यायसम्मत मैले गर्नेछु ।’
सभामुखको निर्वाचन प्रक्रिया अघि बढिरहेको सन्दर्भमा रास्वपाले आफ्नो तर्फबाट उपसभापति अर्याललाई अघि सारेको हो ।
अर्यालले आफ्नो कार्यकालमा व्यवस्थापकीय कार्यहरुलाई पारदर्शी र जनमुखी बनाउने प्रतिबद्धता समेत दोहोर्याए ।
प्रतिक्रिया 4