News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक बिस्केट जात्राको तयारी तीव्रताका साथ अघि बढेको छ।
- चैत २७ गतेदेखि सुरु हुने जात्रामा भैरव र भद्रकालीको रथ निर्माण चैत २६ गतेसम्म सम्पन्न हुने प्रेम सिल्पकारले बताए।
- जात्राको अन्तिम दिन वैशाख ५ गते भैरवको रथ दुई सय फिट लामो चार–चारवटा डोरीले बाँधेर टोलका बासिन्दाले आ–आफ्नो टोलमा लैजान दुवैतिर तान्ने परम्परा छ।
२० चैत, काठमाडौं । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक बिस्केट जात्राको तयारी तीव्रताका साथ अघि बढेको छ ।
जात्राका लागि भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा भैरव र भद्रकालीको रथ निर्माण तीव्रताका साथ अघि बढाइएको छ ।
प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुँदैछ ।
नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिङ्खेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढालेर जात्रा मनाइन्छ ।
जात्राका लागि भैरव र भद्रकालीको रथ निर्माणको कार्य चैत २६ गतेसम्म सम्पन्न हुने रथ निर्माण गर्दै आउनुभएका प्रेम सिल्पकारले बताए ।
चैत २७ गते दिउँसो तान्त्रिक विधिअनुसार भैरवनाथको रथमा खड्ग, तरबार र निसान राखिसकेपछि अपराह्नदेखि रथ तान्ने क्रम सुरु गर्ने परम्परा रहेको छ ।
त्यस्तै वैशाख ५ गते जात्राको अन्तिम दिन सुरुको दिनजस्तै प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढी टोलबाट भैरवको रथ दुई सय फिट लामो चार–चारवटा डोरीले बाँधेर तल्लो र माथ्लो टोलका बासिन्दाले आ–आफ्नो टोलमा लैजान दुवैतिर तान्ने परम्परा छ ।
प्रतिक्रिया 4