+
+
Shares

रोल्पामा १५ दिन ६ घण्टा विद्युत् सेवा बन्द रहने

जिल्लाका माडी गाउँपालिका, परिवर्तन गाउँपालिका र थबाङ गाउँपालिका लगायतका क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने बताइएको छ ।

सुर्य प्रकाश बुढामगर सुर्य प्रकाश बुढामगर
२०८२ चैत २१ गते १४:१९

२१ चैत, रोल्पा । नेपाल विद्युत प्राधिकरणअन्तर्गत रोल्पा वितरण केन्द्रले आइतबारदेखि १५ दिनसम्म दैनिक ६ घण्टा विद्युत् सेवा बन्द हुने बताएको छ । मदन भण्डारी राजमार्गमा सडक विस्तार कार्य भइरहेकाले भन्दै विद्युत् पोल स्थानान्तरण गर्नुपर्ने भएकाले विद्युत् सेवा प्रभावित हुने रोल्पा वितरण केन्द्रले जनाएको छ ।

वितरण केन्द्र प्रमुख ईश्वरबहादुर बिष्टले चैत २२ गतेदेखि वैशाख ६ गतेसम्म (१५) दिन दैनिक बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्म विद्युत् सेवा बन्द  हुने जानकारी दिए । सडक विस्तारको काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भएमा भने केहीदिन अगाडि नै सेवा नियमित हुने उनले बताए ।

जिल्लाका माडी गाउँपालिका, परिवर्तन गाउँपालिका र थबाङ गाउँपालिका लगायतका क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने बताइएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?