+
+
Shares

चलचित्र कलाकार संघको चुनाव : उत्तम केसी र सविन श्रेष्ठले घोषणा गरे प्यानल

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १२:४५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २८ चैतमा नेपाल चलचित्र कलाकार संघको १७ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि चुनावी साधारण सभा हुँदैछ।
  • उत्तम केसी र सविन श्रेष्ठ अध्यक्ष पदका मुख्य प्रतिस्पर्धी हुन् र दुवै पक्षले आ-आफ्नो प्यानल घोषणा गरेका छन्।
  • सविन श्रेष्ठले प्यानल घोषणा गर्दै भने, 'यो केवल हाम्रो उम्मेदवारी मात्र होइन, सम्पूर्ण कलाकारको अधिकार, अवसर र सम्मानको अभियान हो।'

काठमाडौं । चलचित्र कलाकारबीच अहिले चुनावी सरगर्मी छ । २८ चैतमा संस्थाको चुनावी साधारण सभा हुँदैछ । सभाले १७ सदस्यीय नयाँ कार्यसमिति चुन्नेछ ।

पाका कलाकार उत्तम केसी र वर्तमान महासचिव सविन श्रेष्ठ अध्यक्षका आकांक्षी हुन् । यी दुईबीच नै नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा हुने देखिएको छ । दुवै पक्षले आ-आफ्नो प्यानलको घोषणा गर्दै चुनावी मैदानमा होमिएका छन् ।

श्रेष्ठको प्यानलमा पनाह अधिकारी र उद्धवप्रसाद भट्टराई उपाध्यक्षका आकांक्षी छन् । रामेश्वर बुर्लाकोटीलाई महासचिवको रुपमा अघि सारिएको छ । पल्पसा डंगोललाई सचिव, पवित्रा आचार्य कोषाध्यक्ष, पवन केसी सह-कोषाध्यक्षमा अघि सारिएको छ ।

सदस्यमा विनोद भट्टराई, नवीन श्रेष्ठ, रश्मी भट्ट, नम्रता खरेल, सरिता राजोपाध्याय, दमन रुपाखेती, सुलेमान शंकर, छुल्ठिम गुरुङ, श्यामकृष्ण श्रेष्ठ, सुपा खनाल र राजेश गोसाईलाई उम्मेदवारको रुपमा अघि सारिएको छ ।

प्यानल घोषणा गर्दै श्रेष्ठ लेख्छन, ‘अग्रजको सम्मान, नयाँ पुस्ताको भविष्य, यही हाम्रो प्रतिबद्धता । स्पष्ट भिजन, अनुभव र काम गर्ने इच्छाशक्ति सहित सविन श्रेष्ठ नेतृत्वको सशक्त टिम नेपाल चलचित्र कलाकार संघलाई नयाँ दिशा दिन तयार छ । यो केवल हाम्रो उम्मेदवारी मात्र होइन, सम्पूर्ण कलाकारको अधिकार, अवसर र सम्मानको अभियान हो ।’

केसीको प्यानलमा उपाध्यक्षको उम्मेदवारमा शिवहरि नेपाल ‘बैरागी’, र शीतल केसीलाई अघि सारिएको छ । सुनिल कटुवाललाई महासचिवमा अघि सारिएको छ ।

सचिवमा गोपाल ढकाल, कोषाध्यक्षमा तेजकुमारी खतिवडा, सह-कोषाध्यक्षमा गीत नेपाल केसीको प्यानलमा छन् । सदस्यमा कोसिस क्षेत्री, नम्रता योगी, श्रीदेव भट्टराई, मञ्जुदेवी तुलाधर, प्रेम पाण्डे, जीवन थापा, सामना सिटौला, लक्ष्मण चौलागाईं, अनुमती नेपाली, दावा फिन्जो तामाङ, अशोक धिताल, हरिशचन्द्र फुयाँल, इन्द्र दोङ, सानिया खान, चन्द्रकला दाहाल, चन्द्रकला राईलाई अघि सारिएको छ ।

प्यानल घोषणा गर्दै केसीले लेखेका छन्, ‘चलचित्र क्षेत्रको समग्र विकास, कलाकारको हक-हितको संरक्षण तथा समृद्ध भविष्य निर्माणप्रति दृढ संकल्पितरुपले प्यानल घोषणा गरिएको छ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?