+
+
Shares

बजेट काटिँदा निर्माण हुन सकेन बगिबिरा बर्थिङ सेन्टर

सप्तरीको बोदेबरसाइन नगरपालिका-७ मा बगबिरा बर्थिङ सेन्टर योजना निर्माणका लागि बजेट अभाव भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १३:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको बोदेबरसाइन नगरपालिका-७ बगबिरा गाउँमा बर्थिङ सेन्टर निर्माणका लागि आर्थिक वर्ष २०८२/०८३ मा तीन करोड रुपैयाँ विनियोजन भएको थियो।
  • बजेट कटौती भएपछि बर्थिङ सेन्टर निर्माण प्रक्रिया रोकिएको छ र सहरी भवन निर्माण आयोजना राजविराजका प्रमुख संजीव कुमार साहले बजेट रोकिँदा काम अघि बढ्न नसकेको बताए।
  • स्थानीय युवा राजकिशोर यादवले स्वास्थ्यसँग जोडिएको बर्थिङ सेन्टरको बजेट सुनिश्चित गर्नुपर्ने र वडा अध्यक्ष विजय नारायण कापैरले टेण्डर तत्काल लगाउनुपर्ने बताए।

२२ चैत, काठमाडौं । सप्तरीको बोदेबरसाइन नगरपालिका-७ मा बगबिरा बर्थिङ सेन्टर योजना निर्माणका लागि बजेट अभाव भएको छ।

आर्थिक वर्ष २०८२/०८३ मा सहरी भवन निर्माण आयोजना राजविराजबाट बोदे बरसाइन नगरपालिका-७ बगबिरा गाउँमा बर्थिङ सेन्टर निर्माणका लागि तीन करोड रुपैयाँ विनियोजन भएको थियो । तर पछिल्लो समय बजेट कटौती भएपछि निर्माण प्रक्रिया रोकिएको छ ।

सघन सहरी भवन निर्माण आयोजना राजविराजका आयोजना प्रमुख संजीव कुमार साहका अनुसार योजना कार्यान्वयनको प्रारम्भिक चरणमै बजेट रोकिँदा काम अघि बढ्न सकेको छैन ।

‘आर्थिक वर्षको सुरुवातमा नै बजेट विनियोजन भएको थियो । नयाँ आयोजना भएकाले हामीले सुरुमा टेन्डर प्रक्रियासम्बन्धी अध्ययन गरिरहेका थियौं,’ साहले भने, ‘जेन्जी आन्दोलनपछि मन्त्रालयबाट टुत्रे योजनादेखि लिएर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नभएका योजनालगायतमा बजेट रोक्का भयो ।’

स्थानीय युवा राजकिशोर यादवले स्थानीयको प्रत्येक्ष स्वास्थ्यसँग जोडिएकाले बर्थिङ सेन्टर बजेट सुनिश्चित हुनुपर्नेमा जोड दिए ।

बोदेबरसाइन नगरपालिका वडा नम्बर-७ का वडा अध्यक्ष विजय नारायण कापैरले सम्बन्धि निकायले हाम्रो ठाउँको आएको बजेट सुनिश्चित गरी टेण्डर तत्कालै लगाउनु पर्ने बताए ।

उक्त ठाउँमा खडकपुर निवासी चन्द्र नारायण यादवले ७ कठ्ठा जग्ग स्वास्थ्य चौकी निर्माणका जग्गा दान गरेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?