+
+
Shares

‘मायालाई के दिऊँ बैना’ गीतलाई करोड पटक हेरियो, ‘लालीबजार’ का कलाकारले साटे खुसी

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १६:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘लालीबजार’को गीत ‘मायालाई के दिऊँ म बैना’ युट्युबमा १ करोडभन्दा धेरै पटक हेरिएको छ।
  • गीतको सांगीतिक पक्ष र कोरियोग्राफीको प्रशंसा भैरहेको छ भने टिकटक र रिल्समा हजारौं भिडियो बनिरहेका छन्।
  • खेम सेन्चुरी र दीपिका बयाम्बु मगरको स्वर रहेको गीतमा प्रदीप लामाको नृत्य निर्देशन छ र स्वस्तिमा खड्का र समाइरा थापाले नृत्य गरेका छन्।

काठमाडौं । फिल्म ‘लालीबजार’को गीत ‘मायालाई के दिऊँ म बैना’ लाई युट्युबमा १ करोडभन्दा धेरै पटक हेरिएको छ । तीन साताअघि रिलिज भएको यो गीतले दर्शकको साथ पाएको देखिन्छ ।

करोड भ्यूज पाएको खुसीमा निर्माता र कलाकारले निर्माता कम्पनी षट्कोण आर्ट्सको कार्यालयमा आइतबार केक काटेर खुसी साटासाट गरे । विशेषगरि, यो गीतको सांगीतिक पक्ष र कोरियोग्राफीको प्रशंसा भैरहेको देखिन्छ ।

रिल्स र टिकटकमा यो गीतमाथि हजारौं भिडियो बनिरहेका छन् । नृत्यको स्टेपलाई पछ्याएर भिडियो बनाउनेको संख्या उच्च छ । खेम सेन्चुरी र दीपिका बयाम्बु मगरको स्वर रहेको यो गीतमा सेन्चुरीले संगीत भरेका छन् । रमेश बीजीका शब्द छन् ।

प्रदीप लामाको नृत्य निर्देशन यसमा छ । स्वस्तिमा खड्का र समाइरा थापाले आकर्षक नृत्य गरेका छन् । यम थापा निर्देशित यो फिल्मलाई म्याक्स दिपेश खत्री र रविन्द्रसिंह बानियाँले निर्माण गरेका हुन् । प्रदीप भट्टराई कार्यकारी निर्माता हुन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?