+
+
Shares

शनिबार–आइतबार बिदा दिने निर्णय वैज्ञानिक छ, स्थायी रूपमै लागु गरौं : डा. बाबुराम भट्टराई

‘यसले कर्मचारी/श्रमिकको कार्यदक्षता बढ्छ, पारिवारिक सुख–शान्ति बढ्छ, इन्धनको बचत हुन्छ, स्वच्छ पर्यावरण निर्माणमा मद्दत पुग्छ’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १७:३६

२२ चैत, काठमाडौं । पूर्व प्रधानमन्त्री  ले शनिबार र आइतबार बिदा दिने सरकारको निर्णयको समर्थन गरेका छन् । सरकारले पेट्रोलियम पदार्थको अभावलाई हेरेर आजको मन्त्रिपरिषद् बैठकबाट हप्तामा दुई दिन(शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सरकारको उक्त निर्णयपछि फेसबुकमा टिप्पणी गर्दै भट्टराईले त्यो निर्णय वैज्ञानिक रहेको तर्क गर्दै स्थायी रूपमै लागु गर्न उपयुक्त हुने बताएका हुन् ।

‘कार्यालय समय ९–५ बजे र शनिवार–आइतबार बिदा गर्ने वर्तमान सरकारी निर्णय सही र वैज्ञानिक छ,’ भट्टराईले लेखेका छन्, ‘यसलाई तत्काल पेट्रोलियम पदार्थको अभावको कारण अस्थायी रूपमा लागु गर्ने मात्र होइन सार्वजनिक वार्षिक बिदा र क्यालेन्डर (पात्रो)मा समेत समयानुकूल सुधार गरी स्थायी रूपमा नै लागु गर्नु सबै हिसाबले राम्रो र उपयोगी हुन्छ ।’

आफ्नो पालाको मन्त्रिपरिषद्ले यसबारे निर्णय गरेको उल्लेख गर्दै उनले विविध कारणले लागु नगरिएको बताएका छन् । ‘पछिल्ला सरकारहरूले रद्दीको टोकरीमा फालेको यो विषयलाई अझै आवश्यक परिमार्जन गरेर वर्तमान सरकारले लागु गरोस्,’ उनले भनेका छन् ।

दैनिक कार्य समय बढाएर हप्ताको दुई दिन बिदा दिँदा कुल कार्य समय कम होइन, झन् बढी हुने उनले बताएका छन् । ‘यसले कर्मचारी/श्रमिकको कार्यदक्षता बढ्छ, पारिवारिक सुख–शान्ति बढ्छ, इन्धनको बचत हुन्छ, स्वच्छ पर्यावरण निर्माणमा मद्दत पुग्छ,’ उनले अगाडि भनेका छन्, ‘आन्तरिक पर्यटन वृद्धि हुन्छ ।’ आइतबारको बिदाले अन्तर्राष्ट्रिय कार्य समयसँग व्यावसायिक तालमेल गर्न सजिलो हुने पनि उनको तर्क छ । यसले सबै हिसाबले देश र समाजलाई फायदा हुने भट्टराईको दाबी छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?