+
+
Shares

ओली र लेखकलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १९:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ।
  • ओली र लेखकलाई चैत १४ गते भक्तपुरबाट पक्राउ गरिएको थियो।
  • भदौ २३ र २४ को जेनजी आन्दोलनको क्रममा उनीहरूको भूमिकामाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सिफारिस गरिएको थियो।

२२ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकमाथि ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको छ ।

काठमाडौं जिल्ला अदालतले आइतबार उनीहरूविरुद्ध ५ दिन म्याद थप गरिदिएको हो ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा गृहमन्त्रीको हैसियतमा उनको भूमिकामाथि प्रश्न उठाउँदै जाँचबुझ आयोगले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

ओली र लेखक दुवै जना चैत १४ गते बिहान भक्तपुरबाट पक्राउ परेका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?