+
+
Shares

दलभन्दा राष्ट्रियता ठूलो हो : अर्जुननरसिंह केसी

सभामुखलाई पनि उनले आफ्नो विशेषाधिकारको सही प्रयोग गर्न आग्रह गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते १३:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रतिनिधिसभाको बैठकमा सबै सांसदहरूको साझा उदेश्य मुलुकको समृद्धि रहेको बताएका छन्।
  • उनले आकस्मिक समयमा नाम टिपाउनुपर्ने गलत अभ्यास बदलिनुपर्ने र सांसदको विशेषाधिकारको सही प्रयोग गर्न सभामुखलाई आग्रह गरेका छन्।
  • केसीले नवनिर्वाचित सभामुख अर्याललाई शुभकामना दिंदै संसदले उर्लिएको आकांक्षालाई सम्बोधन गर्नुपर्ने सुझाएका छन्।

२३ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले फरक–फरक बिचारबाट प्रतिनिधित्व गरे पनि सबै सांसदहरूको साझा उदेश्य मुलुकको समृद्धि रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘हामी सबै आ–आफ्नो दलप्रति प्रतिबद्ध छौं । तर, दल भन्दा राष्ट्रियता ठूलो हो । यसलाई कसरी संरक्षण गर्न सक्छौं । यसमा सम्पूर्ण रुपले एक हुनको निम्ति नयाँ इतिहास सुरु गर्नुपर्ने छ ।’

संसद्मा आकस्मिक समयमा समेत नाम टिपाउनुपर्ने जस्तो गलत अभ्यास बदलिनुपर्ने उनले बताए । आकस्मिक समय सांसद्को विशेषाधिकार भएको उनले बताए ।

सभामुखलाई पनि उनले आफ्नो विशेषाधिकारको सही प्रयोग गर्न उनले आग्रह गरे ।

विगतका कतिपय गल्ति नदो¥याउने गरी काम गर्न उनले नवनिर्वाचित सभामुख अर्याललाई शुभकामना दिए ।

संसदले उर्लिएको आकांक्षालाई सम्बोधन गर्न सक्नुपर्ने उनले सुझाए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?