News Summary
Generated by OK AI. Editorially reviewed.- सभामुख डोल प्रसाद अर्यालले संसद्मा आफ्नो भूमिका निष्पक्ष रहने बताएका छन्।
- अर्यालले पुराना ऐन संशोधन गर्ने र नयाँ बनाउने सन्दर्भमा सदन काम गर्न तत्पर हुने विश्वास व्यक्त गरे।
- उहाँले सभामुखको पदलाई उच्च बनाउन तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका खेल्ने बताए।
२३ चैत, काठमाडौं । सभामुख डोल प्रसाद अर्यालले संसद्मा आफ्नो भूमिका निष्पक्ष रहने बताएका छन् ।
सभामुखमा निर्वाचित भएपछि अर्यालले सोमबार पहिलो पटक सभा सञ्चालन गरे । सभालाई कार्यसूचीमा प्रवेश गराउनु अगाडि उनले यस्तो बताएका हुन् ।
‘सबैको समन्वयमा संसद्को गरिमा बढ्नेमा दुविधा छैन’ उनले भनेका छन्, ‘मेरो निष्पक्ष भूमिका रहनेछ ।’
पूराना ऐन बदलेर संशोधन गर्ने र नयाँ बनाउने सन्दर्भमा सदन काम गर्न तत्पर हुने उनले विश्वास व्यक्त गरे ।
सभामुखको रुपमा तटस्थ, निश्पक्ष र समन्वयकारी हुने पनि उनले बताए । सभामुखको पदलाई उच्च बनाउन भूमिका खेल्ने पनि उनले बताए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4