+
+
Shares

‘सेतो धरती’ नाटकको निर्मात्रीमा रेखा थापा, मञ्चन शुक्रबारदेखि

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २४ गते १२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नाटक ‘सेतो धरती’ २७ चैतदेखि कान्तिपुर थिएटरमा मञ्चन हुने भएको छ।
  • फिल्म अभिनेत्री बेनिशा हमालले यस नाटकबाट रंगमञ्चमा डेब्यू गर्नेछिन्।
  • अभिनेत्री रेखा थापाले नाटकको निर्मात्रीको भूमिका सम्हालेकी छन्।

काठमान्डौं । नाटक ‘सेतो धरती’ २७ चैतदेखि कान्तिपुर थिएटरमा मञ्चन हुने भएको छ । साहित्यकार अमर न्यौपानेद्वारा लिखित मदन पुरस्कार विजेता पुस्तकमा आधारित हुने यो नाटकबाट फिल्म अभिनेत्री बेनिशा हमालले डेब्यू गर्दैछिन् ।

अब यो नाटकको निर्मात्रीमा अभिनेत्री रेखा थापा जोडिएकी छन् । रेखाले यसअघि कान्तिपुर थिएटरकै नाटक ‘मीरा’ बाट रंगमञ्चमा डेब्यू गरेकी थिइन् ।

नाटकलाई सुन्दर धितालले निर्देशन गर्नेछन् । अहिले रिहर्सल भैरहेको यो नाटकमा अभिनेत्री हमालसहित कान्तिपुर थिएटरका ३० भन्दा धेरै कलाकारले समेत अभिनय गर्दैछन् ।

यसअघि कान्तिपुर थिएटरले दीपक सिंजालीको उपन्यास ‘मीरा’ मा रेखा र पारिजातको उपन्यास ‘शिरीषको फूल’ मा जीवन लुइँटेललाई डेब्यू गराएर नाटक बनाइसकेको छ ।

कान्तिपुर फिल्म एकेडेमीले कान्तिपुर थिएटरमार्फत रंगमञ्च, सिनेमा र साहित्यलाई जोड्ने उद्देश्यले चर्चित पुस्तकलाई नाटकका रूपमा प्रस्तुत गर्दै आएको एकेडेमीका प्रमुख कार्यकारी अधिकृत प्रकाश पुरीले बताए ।

नाटक ‘सेतो धरती’ २७ चैत शुक्रबारदेखि वैशाख १९ गते शनिबारसम्म मञ्चन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?