२४ चैत, काठमाडौं । निष्क्रिय रहेका सानादेखि ठूला उद्योग पुनः सञ्चालन गर्नुपर्ने माग संसद्मा उठेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद अप्साना बानुले यस्तो माग गरेकी हुन् । ‘निष्क्रिय रूपमा रहेका सानादेखि ठूला उद्योग तुरुन्त सञ्चालनमा ल्याएर स्वदेशी उत्पादनलाई प्राथमिकीकरण गरियोस्’, उनले भनिन् ।
रोजगारी सिर्जना गर्न नसके युवा पलायन नरोकिने र युवाले खोजेजस्तो परिवर्तनको अनुभूत गर्न नसकिने उनले बताइन् ।
जेनजी आन्दोलनका क्रममा सहभागी भएका युवा पक्राउ परेको भन्दै त्यसको विरोध गरिन् । पक्राउ परेकालाई रिहा गर्न पनि उनले माग गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4