News Summary
Generated by OK AI. Editorially reviewed.- जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिकसत्रका लागि १ करोड ७० लाख पाठ्यपुस्तक छपाइ सकेको छ।
- सरकारले १५ वैशाखबाट शैक्षिकसत्र सञ्चालन गर्ने निर्णय गरेकाले सो अवधिसम्म पुस्तक विद्यार्थीको हातहातमा पुर्याउने योजना छ।
- प्रदेश कार्यालयबाट १२६० आधिकारिक बिक्रेताले सम्बन्धित पालिकामा पुस्तक वितरण गर्ने केन्द्रका प्रबन्धक यदुनाथ पौडेलले बताए।
२४ चैत, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिकसत्रको लागि १ करोड ७० लाख पाठ्यपुस्तक छपाइ सकेको छ ।
सरकारले १५ वैशाखबाट शैक्षिकसत्र सञ्चालन गर्ने निर्णय गरेकाले सो अवधिसम्म विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने केन्द्रका प्रबन्धक सञ्चालक यदुनाथ पौडेलले जानकारी दिए ।
‘विद्यार्थी संख्याको आधारमा प्रादेशिक कार्यालयमा पर्याप्त पुस्तक पुगिसकेको छ । १४–१५ लाखको दरले पुस्तक प्रदेश–प्रदेशमा लगिएको छ,’ उनले भने ।
प्रदेश कार्यालयबाट १२६० आधिकारिक बिक्रेताले सम्बन्धित पालिकामा पुर्याउने छन् । २१ फागुनको चुनावले पाठ्यपुस्तक छपाइमा कुनै असर नपरेको केन्द्रले जनाएको छ ।
केन्द्रले कक्षा १, २ र ४ बाहेकको पुस्तक छाप्ने गरेको छ । यी कक्षाको पाठ्यपुस्तक निजी क्षेत्रले छाप्ने गरेको छ । ‘कक्षा सञ्चालन हुँदा विद्यार्थीको हातहातमा पुस्तक पुग्छ । कुनै अभाव हुदैन,’ प्रबन्धक पौडेलले भने ।
प्रतिक्रिया 4