+
+
Shares

प्रधानमन्त्रीलाई एमाले सांसदको प्रश्न : प्रत्यक्ष र समानुपातिक सांसदमा किन विभेद ?

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले प्रधानमन्त्री बालेन शाहले प्रत्यक्ष र समानुपातिक सांसदलाई फरक–फरक व्यवहार गरेको आरोप लगाएकी छन्।
  • उनीहरूले प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित सांसदलाई मात्र भेटी विकास निर्माणको विषयमा कुरा राख्न पाउने अवसर दिएको भन्दै समानुपातिक सांसदलाई बन्चित गरिएको प्रश्न उठाएकी छन्।
  • उक्त प्रश्न प्रतिनिधिसभाको बुधबारको बैठकमा उठाइएको हो।

२५ चैत, काठमाडौं । नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले प्रधानमन्त्री बालेन शाहले प्रत्यक्ष र समानुपातिक सांसदलाई फरक–फरक व्यवहार गरेको आरोप लगाएकी छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर आउनु भएका माननीय सदस्यज्यूहरूमा किन विभेद ?’

प्रधानमन्त्री बालेन्द्रले सांसदहरूसँग प्रदेशगत रुपमा भेट गरेका छन् । तर, यसमा प्रत्यक्षलाई मात्रै सहभागी गराइएको भनेर एमाले सांसद हमालले प्रश्न उठाएकी हुन् ।

‘प्रधानमन्त्री ज्यूबाट प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित माननीय ज्यूहरूलाई भेटी विकास निर्माणको विषयमा कुरा राख्न पाउने अवसर प्रदान गर्नुभएको कुरा सुन्न आएको छ । तर, समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित माननीय सदस्यज्यूहरू उक्त अवसरबाट किन बन्चित ?’ उनले प्रश्न गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?