+
+
Shares

नातावाद, कृपावाद र चाकरीवादबाट बच्न सरकारलाई महावीर पुनको सुझाव

सांसद महावीर पुनले नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादबाट बच्न सरकारलाई सुझाव दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १५:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा सदस्य महावीर पुनले नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादबाट बच्न सरकारलाई सुझाव दिएका छन्।
  • उनले नेपालमा यस्तो भाइरस रणबहादुर शाहको शासनकालदेखि सुरु भएको बताए।
  • पुनले राणा शासन अन्त्यपछि पनि यस्तो प्रवृति जारी रहेको र सरकार, दल र सांसदले यसबाट बच्नुपर्ने बताए।

२५ चैत, काठमाडौं । प्रतिनिधिसभा सदस्य महावीर पुनले नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादबाट बच्न सरकारलाई सुझाव दिएका छन् ।

‘नेपालमा एउटा भाइरस छ । त्यो भाइरस भनेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद हो,’ बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘यो भाइरस खासगरी नेपाल एकीकरण भएपछि रणबहादुर शाह उहाँ नावालक राजा हुनुभयो । त्यो बेलादेखि सुरु भएको हो ।’

राणा शासन अन्त्य भयो, प्रजातन्त्र, गणतन्त्र आउँदा समेत यस्तो प्रवृति रहेको भन्दै उनले यस्तो भइरसबाट सरकार, राजनीतिक दल र सांसदहरू बच्नुपर्ने उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?