+
+
Shares

हत्याकाे अभियाेगमा १९ वर्ष कारावास सजाय पाएका व्यक्ति २९ वर्षपछि पक्राउ

जेल जानबाट बच्न केसीले आफ्नो पहिचानसमेत परिवर्तन गरी फरक थरबाट नागरिकता बनाएको तथ्य पनि प्रहरीले पुष्टि गरेको छ ।

रामबहादुर रोकाहा रामबहादुर रोकाहा
२०८२ चैत २५ गते १८:४५

२५ चैत, स्याङ्जा । तीन दशकअघि भएको एक हत्यामा दोषी ठहर भएका एक फरार अभियुक्त २९ वर्षपछि पक्राउ परेका छन् । भीरकोट नगरपालिका–२ का ६३ वर्षीय हेमबहादुर केसी (जोगी)लाई प्रहरीले फरार भएको २९ वर्षपछि बुधबार पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार २०५३ साल कात्तिक ३ गते तत्कालीन वालिङ गाविस–३ सिद्धार्थ राजमार्ग क्षेत्रमा सोही गाविस–६ का रनबहादुर सारुको हत्या भएको थियो । सो घटनाको मुद्दा सर्वोच्च अदालत पुगेर केसीलाई १९ वर्ष ७ महिना २१ दिन कैद सजाय तोकिएको थियो । त्यसयता उनी फरार थिए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विशेष सूचनाका आधारमा भीरकोट–२ भारथान लुवाडाँडाबाट केसीलाई पक्राउ गरेको जनाएको छ । पक्राउपछि बुधबारै स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराएर जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीले जानकारी दिए ।

उनका अनुसार जेल जानबाट बच्न केसीले आफ्नो पहिचानसमेत परिवर्तन गरी फरक थरबाट नागरिकता बनाएको तथ्य पनि प्रहरीले पुष्टि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?