+
+
Shares

बक्यौता नबुझाउने मेडिकल कलेजलाई २१ दिने अल्टिमेटम

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते ११:३४

२७ चैत, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले केही प्रतिष्ठान, मेडिकल तथा डेन्टल कलेजहरुलाई विद्यार्थी भर्ना बापतको बक्यौता रकम तीन साता भित्र बुझाउन निर्देशन दिएको छ ।

काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेले स्नातक तथा स्नातकोत्तर तहको अध्ययन गराउने कलेजले विद्यार्थी भर्ना बापत बुझाउनुपर्ने पैसा पटक–पटक ताकेता गर्दा पनि नबुझाएपछि तीन साताको अल्टिमेटम दिइएको जानकारी दिए ।

काउन्सिलले सार्वजनिक सूचना समेत जारी गरी २१ दिन भित्र अनिवार्य रूपमा बक्यौता बुझाउन भनेको छ ।

‘काउन्सिलले तोकिएको समय भित्र रकम नबुझाउने प्रतिष्ठान मेडिकल तथा डेन्टल कलेजमा आफ्नो निकायबाट हुँदै आएको विद्यार्थीहरुको परीक्षण दर्ता र विदेशी नागरिक चिकित्सक शिक्षकहरुको दर्ता रोक्का गरिनेछ,’ सूचनामा भनिएको छ ।

तोकिएको समयमा रकम नबुझाएमा बक्यौता रकम सहितको कलेज तथा प्रतिष्ठानको विवरण सार्वजनिक गर्ने काउन्सिलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?