+
+
Shares

औषधि व्यवस्था विभागका महानिर्देशक ढकाल मन्त्रालय तानिए

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते ११:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य मन्त्रालयले औषधि मूल्य वृद्धि उजुरीपछि औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाललाई मन्त्रालयमा तानेको छ।
  • प्रधानमन्त्री कार्यालयले उजुरीबारे अनुसन्धान गर्न स्वास्थ्य सचिवलाई निर्देशन दिएको थियो।
  • मन्त्रालयले तीन सदस्य समिति गठन गरेको थियो।

काठमाडौं । स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाललाई मन्त्रालयमा तानेको छ ।

औषधिको मूल्य वृद्धि गरेको उजुरी परेपछि अनुसन्धानमा परेका ढकाललाई मन्त्रालय तानिएको हो ।

त्यसबारे प्रधानमन्त्री कार्यालयले समेत चासो राखेको थियो । प्रधानमन्त्री कार्यालयले उक्त उजुरीबारे अनुसन्धान गर्न स्वास्थ्य सचिवलाई निर्देशन दिएको थियो ।

मन्त्रालयले त्यसबारे अध्ययन गरेर सात दिन भित्र प्रतिवेदन पेश गर्न तीन सदस्य समिति गठन गरेको थियो ।

तत्कालीन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले २०८० साल जेठ १७ गते भरत भट्टराईलाई हटाउँदै ढकाललाई औषधि व्यवस्था विभागको महानिर्देशक बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?