News Summary
Generated by OK AI. Editorially reviewed.- गुगलले विन्डोज १० चलाइरहेका ५० करोडभन्दा बढी प्रयोगकर्ताका लागि ChromeOS Flex मार्फत नि:शुल्क अपरेटिङ सिस्टम अपग्रेड योजना सार्वजनिक गरेको छ।
- माइक्रोसफ्टले विन्डोज १० का लागि सुरक्षा अपडेटहरू अक्टोबर २०७९ पछि बन्द गर्ने भएकाले पुराना कम्प्युटरहरू असुरक्षित हुने खतरा बढेको छ।
- ChromeOS Flex ले पुराना ल्यापटपलाई छिटो चल्ने, बढी सुरक्षित र १९ प्रतिशत कम ऊर्जा खपत गर्ने सुविधा दिने गुगलले बताएको छ।
२७ चैत, काठमाडौं । विन्डोज १० चलाइरहेका ५० करोडभन्दा बढी प्रयोगकर्ताहरूका लागि गुगलले एउटा ठूलो राहतको योजना सार्वजनिक गरेको छ।
विन्डोज ११ मा अपग्रेड हुन नसक्ने पुराना कम्प्युटर र ल्यापटपहरू असुरक्षित हुने जोखिम बढिरहेका बेला गुगलले आफ्नो ChromeOS Flex अपरेटिङ सिस्टममार्फत ती डिभाइसहरूलाई नि:शुल्क ‘अपग्रेड’ गर्ने अफर दिएको हो।
विशेष गरी माइक्रोसफ्टले विन्डोज १० का लागि सुरक्षा अपडेटहरू बन्द गर्न लागेपछि करोडौँ कम्प्युटरहरू ई – वेस्ट हुने खतरा बढेको छ। यसैलाई मध्यनजर गर्दै गुगलले ‘ब्याक मार्केट’ सँगको साझेदारीमा नयाँ ChromeOS Flex USB Kit सार्वजनिक गरेको छ।
के हो ChromeOS Flex र यसका फाइदा?
नि:शुल्क सफ्टवेयर: प्रयोगकर्ताले आफ्नो पुरानो विन्डोज वा म्याक कम्प्युटरमा नि:शुल्क यो क्लाउड-आधारित अपरेटिङ सिस्टम हाल्न सक्नेछन्।
गति र सुरक्षा: यो सिस्टम हालिएको पुरानो ल्यापटप पहिलेभन्दा छिटो चल्ने र साइबर आक्रमणबाट बढी सुरक्षित हुने गुगलको दाबी छ।
ऊर्जा बचत: अन्य सिस्टमको तुलनामा यसले औसत १९ प्रतिशत कम ऊर्जा खपत गर्छ।
USB किट: यो सफ्टवेयर इन्स्टल गर्न सजिलो होस् भनेर गुगलले करिब ३ डलरमा पुन: प्रयोग गर्न मिल्ने फिजिकल यूएसबी किट उपलब्ध गराएको छ।
माइक्रोसफ्टको अवस्था के छ?
माइक्रोसफ्टले विन्डोज १० का लागि ‘एक्स्टेन्डेड सेक्युरिटी अपडेट’ (इएसयू) कार्यक्रम ल्याएको त छ, तर यो यसै वर्षको अक्टोबरसम्मका लागि मात्र हो।
अक्टोबरपछि विन्डोज १० प्रयोगकर्ताहरू पूर्ण रूपमा असुरक्षित हुनेछन्। माइक्रोसफ्टले अहिले विन्डोज ११ मा रहेका बग्सहरू सबै हल भएको दाबी गर्दै प्रयोगकर्ताहरूलाई नयाँ विन्डोजमा आकर्षित गर्न खोजिरहेको छ।
तर, लाखौँ पुराना कम्प्युटरहरू विन्डोज ११ चलाउन सक्षम नभएकाले प्रयोगकर्ताहरू अन्य विकल्पको खोजीमा छन्।
प्रतिक्रिया 4