+
+
Shares

रास्वपा संसदीय दलको बैठक जारी

बैठकमा सहभागी हुन प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता बालेन शाह, पार्टी सभापति रवि लामिछाने लगायत पुगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १३:४७
संसदीय दलको बैठकमा सहभागी हुन जाने क्रममा प्रधानमन्त्री बालेन शाह ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको सिंहदरबारस्थित कार्यालयमा बैठक सुरु भएको छ।
  • बैठकमा आज हुने उपसभामुखको निर्वाचन र विविध विषयमा छलफल हुने रास्वपाले जनाएको छ।
  • प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछाने बैठकमा सहभागी भएका छन्।

२७ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक बसिरहेको हो ।

बैठकमा आज हुन लागेको उपसभामुखको निर्वाचन र विविध विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।

बैठकमा सहभागी हुन प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता बालेन शाह, पार्टी सभापति रवि लामिछाने लगायत पुगेका छन् ।

उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राप्रपाकी सरस्वती लामा उम्मेदवार छन् । श्रम संस्कृतिकी २५ वर्षीया ठाकुरले विहीबार रास्वपाको समर्थनमा उम्मेदवारी दर्ता गराएकी थिइन् ।

प्रतिनिधि सभामा रास्वपा झण्डै दुई तिहाइ बहुमतमा रहेको रास्वपाको साथ पाउँदा ठाकुर उपसभामुख निर्वाचित हुने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?