+
+
Shares

उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र शाही

उपसभामाुखमा रास्वपाले नै प्रस्ताव गरेपछि उम्मेदवारी दिएको तर, पछि रास्वपाले अर्कै उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको भनेर उनी रिसाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १६:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाही राष्ट्रिय स्वतन्त्र पार्टीसँग रिसाएका छन्।
  • शाहीले उपसभामुख पदमा रास्वपाले प्रस्ताव गरेपछि उम्मेदवारी दिएको तर पछि धोका दिएको बताए।
  • उनीहरूले पूराना र नयाँ राजनीतिक दलबीच ध्रुवीकरण स्पष्ट भएको र रास्वपाले धोका दिएको व्यंग्य गरे।

२७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाही राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग रिसाएका छन् ।

उपसभामाुखमा रास्वपाले नै प्रस्ताव गरेपछि उम्मेदवारी दिएको तर, पछि रास्वपाले अर्कै उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको भनेर उनी रिसाएका हुन् ।

एक थान उपसभामुख पद प्राथमिकता नरहेको उल्लेख गर्दै उनले भने, ‘ तथापि संसद्को सबैभन्दा ठूलो दलबाट प्रस्ताव आएपछि, अन्य पूराना राजनीतिक दल र हामी परिवर्तन खोज्ने राजनीतिक दल बीचको ध्रुवीकरणको सम्भावनालाई मध्यनजर गर्दै उम्मेदवारी दिने टुंगोमा पुगेका थियौं ।’

एकातर्फ उपसभामुखको सन्दर्भमा पूराना राजनीतिक दलले आफूलाई बाइपास गरेर छलफल चलाइरहेको र अर्कोतिर रास्वपाले प्रस्ताव गरेपछि उम्मेदवारी दिएको उनले दोहोर्‍याए ।

तर, पछि रास्वपा र पूराना दलहरू एकातिर रहन पुगेको उनले बताए ।

उनले भनेका छन्, ‘आजको हाम्रो उम्मेदवारीले राजनीतिमा स्पष्ट कित्ता क्लियर बनाएको छ । हिजो पूराना भनिएका राजनीतिक दल र अहिले उदाएका नयाँ राजनीतिक दलका साइनबोर्डहरू फरक–फरक भएता पनि उनीहरू बीचको नीतिगत सिद्धान्त र विचारको नाभी एउटै ठाउँमा जोडिएको प्रष्ट भएको छ ।’

विदेशीको गोटी भइरहनेहरू र राष्ट्रवादी कित्ता क्लियर भएको भनेर पनि उनले व्यंग्य गरे । रास्वपाले उपसभामुखमा सहयोग गर्ने वचन दिएर पनि धोका दिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?