News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाह नेतृत्वको १६ सदस्यीय मन्त्रिपरिषद्मा महिला मन्त्रीको संख्या ६ पुगेको छ।
- गत चैत १३ गते गठन भएको सरकारले कानुन, कृषी, महिला बालबालिका र स्वास्थ्य मन्त्रालयमा महिला मन्त्री नियुक्त गरेको छ।
- प्रधानमन्त्रीको सिफारिसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव नियुक्त भएकी छन्।
काठमाडौं २७ चैत । प्रधानमन्त्री बालेन शाह नेतृत्वको १६ सदस्यीय मन्त्रिपरिषद्मा महिला मन्त्रीको संख्या ६ पुगेको छ ।
गत चैत १३ गते प्रधानमन्त्री शाह नेतृत्वको नयाँ सरकार गठन हुँदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम, कृषी तथा पशुपंक्षी विकास मन्त्रीमा गीता चौधरी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा सीता वादी र स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहेता नियुक्त भएका थिए ।
प्रधानमन्त्रीको सिफारिसमा आजै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव नियुक्त भएकी छन् ।
नेपालको संविधानले राज्यका निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ । अहिले सरकारमा ३७ प्रतिशत बढी महिलाको प्रतिनिधित्व भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4