News Summary
Generated by OK AI. Editorially reviewed.- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानुनी प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरिएको भन्दै छानबिन गर्न समिति गठन गरेको छ।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उजुरी प्राप्त भएपछि डा श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको हो।
- समितिले ७ दिनभित्र अनियमित मूल्य वृद्धिको संलग्नता सम्बन्धी प्रतिवेदन बुझाउनुपर्नेछ।
२७ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानुनी प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरिएको भन्दै छानबिन गर्न समिति गठन गरेको छ ।
औषधि व्यवस्था विभागका महानिर्देशन नारायण प्रसाद ढकालले कानुनी प्रक्रिया पूरा नगरी औषधिको मूल्य बढाउने निर्णय गरेका थिए ।
यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार यसबारे उजुरी प्राप्त भएको र अनियमित तरिकाले मूल्य वृद्धि गर्ने काममा को कसको संलग्नता भएको हो खुलाइ प्रतिवेदन बुझाउन डा श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा समिति गठन गरिएको हो ।
यो समितिले ७ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने समय सीमा पाएको छ ।
यी हुन् समितिका सदस्यहरू
डा श्रीकृष्ण श्रेष्ठ- अतिरिक्त स्वास्थ्य सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (संयोजक)
गोपीकृष्ण रेग्मी- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कानुन शाखा (सदस्य)
कविन मलेकु – विषय विज्ञ (सदस्य)
प्रतिक्रिया 4