२७ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीबाट निर्वाचित २५ वर्षीया सांसद रुबीकुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी छन् ।
शुक्रबार सम्पन्न उपसभामुख निर्वाचनमा उनले २२९ सांसदको पद प्राप्त गर्दा उनको प्रतिद्वन्द्वी राप्रपाकी सरस्वती लामाले ५ मत प्राप्त गरिन् ।
रुबीको समर्थनमा श्रम संस्कृतिबाहेक रास्वपा, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका सांसदले पनि मतदान गरे । नेकपा एमालेका सांसदले भने निर्वाचनमा भाग नै लिएनन् ।

तर, निर्वाचित घोषणा भइसकेपछि भने रुबीलाई सबै सांसदले बधाई दिएका छन् । सांसदहरूले बधाई दिँदा रुबी निकै खुसी मुद्रामा देखिइन् । सांसदहरू पनि खुसी देखिए ।
उनलाई सांसद देखि उपसभामुखसम्म बनाउन भूमिका खेलेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(साम्पाङ) पनि सांसदले बधाई दिइरहँदा रुबीसँगै उभिएर प्रफुल्लित देखिए ।
तस्वीरहरू :

प्रतिक्रिया 4