+
+
Shares

गृहमन्त्रीसँग व्यवसायीले मागे निर्माण आयोजनाको सुरक्षा

ठेक्का लिएर साइटमा काम गर्न जाँदा अनेक बहानामा स्थानीयस्तरमा अवरोध आउने गरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काले गृहमन्त्री गुरुङसँग देशैभरका आयोजनामा सुरक्षा माग गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १६:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काले गृहमन्त्री सुधन गुरुङसँग देशैभरका आयोजनामा सुरक्षा माग गरेका छन्।
  • खड्काले अनधिकृत व्यक्तिले काम रोक्न आएमा सार्वजनिक मुद्दा लगाएर तुरुन्त कारबाही गर्नुपर्ने बताए।
  • मन्त्री गुरुङले पूर्वाधार क्षेत्रमा अनावश्यक पैसा उठाउने कार्य तत्काल रोक्न प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई निर्देशन दिएका छन्।

२९ चैत, काठमाडौं । निर्माणाधीन नागढुंगा–मुग्लिङ सडकको अनुगमनमा निस्किएका गृहमन्त्री सुधन गुरुङसँग निर्माण व्यवसायीहरुले सुरक्षा माग गरेका छन् ।

ठेक्का लिएर साइटमा काम गर्न जाँदा अनेक बहानामा स्थानीयस्तरमा अवरोध आउने गरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काले गृहमन्त्री गुरुङसँग देशैभरका आयोजनामा सुरक्षा माग गरेका हुन् ।

उपाध्यक्ष खड्काले निर्माणाधिन नागढुंगा–नौबिसे सडकखण्डमा ठेक्का लिएर काम गर्दै आइरहेका छन् ।

आयोजनामा अनधिकृत व्यक्तिले काम रोक्न आएको अवस्थामा सार्वजनिक मुद्दा लगाएर कारबाही गर्न माग गरे ।

निर्माणाधीन नागढुंगा–मुग्लिङसडकमा काम गरिरहेका खड्काले निर्माण सम्पन्न भएर हस्तान्तरण भएको ५ वर्षसम्म मर्मतको जिम्मेवारी निर्माण कम्पनीको रहने जानकारी गराए ।

सडक निर्माणमा गुणस्तरीयता कायम गर्न फास्टट्र्याकबाट निर्माण सामग्री ल्याएर काम गर्नुपरेको उनको भनाइ थियो ।

सरकारले छुट्याएको क्षेत्रबाट पर्याप्त निर्माण सामाग्री उत्खनन गर्न नपाउँदा आयोजनाले लक्ष्य अनुसारको काम गर्न नसकेको उनले जानकारी गराए ।

आयोजनालाई आवश्यक निर्माण सामग्री उत्खनन् गर्न आफैंले किने जग्गामा समेत मुद्दा लड्नु परेको उपाध्यक्ष खड्काले गृहमन्त्री गुरुङ सहितको टोलीलाई जानकारी गराए ।

निर्माण आयोजनालाई आवश्यक नदीजन्य निर्माण सामाग्री सरकारले अनुमति दिएको स्थानबाट उपलब्ध गराउन माग गरे ।

उनले आयोजना क्षेत्रमा रहेका नदीजन्य निर्माण सामग्रीको प्रशोधन केन्द्र क्रसरहरु चल्ने वातावरण बनाउन समेत माग गरे । सडक निर्माणको सिजन २ महिना बाँकी रहेकाले सरकारले बिटुमिन र पेट्रोलिय पदार्थको सहज उपलब्धता गराए कामले गति लिने जानकारी दिए ।

खड्काले भने, ‘गृहमन्त्रीज्यू कुनै पनि नेपालका हाइवे बन्दा कसैले डिस्ट्रब गर्छ भने त्यसलाई सार्वजनिक मुद्दा लगाउनुपर्छ । तुरुत २४ घण्टाभित्र कारबाही हुनुपर्छ । त्यस्तो खाले कानुन बनाउनुपर्छ । सडक निर्माणको गुणस्तरको हामी ग्यारेन्टी लिन्छौँ । सडक बनाएर हस्तान्तरण गरेको ५ वर्षसम्म पनि हामीले यो सडकको जिम्मा लिने गरेका छौँ । अहिले गुणस्तरीय निर्माण सामाग्री नभएर हामीले समन्वय गरिरहेका छौं ।’

मन्त्री गुरुङले निर्माण आयोजनाहरुमा अनावश्यक पैसा उठाउने गरेको गुनासो आफूले विगतदेखि नै सुन्दै आएको बताए ।

पूर्वाधार क्षेत्रमा काम गर्ने व्यवसायी माथीको धरपकड सह्य नहुने भन्दै मन्त्री गुरुङले त्यस्ता कार्य तत्काल रोक्न प्रमुख जिल्ला अधिकारी सिडियो र जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?