+
+
Shares

मन्त्री रावलको सम्पत्ति : काठमाडौं र बारामा जग्गा, २५ तोला सुन

संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते २०:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीले काठमाडौं र बारामा क्रमशः ७० लाख र ५० लाखको जग्गा रहेको सम्पत्ति विवरण सार्वजनिक गरे।
  • उनले २५ तोला सुन स्वआर्जन र परिवारको उपहार भएको र विभिन्न बैंकमा २४ लाख बचत रहेको उल्लेख गरिन्।
  • मन्त्रीले २०८२ साल जेठमा २० लाख ऋण लिएको र ४४ लाखको गाडी रहेको पनि जानकारी गराइन्।

२९ चैत, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

आइतबार सार्वजनिक सम्पत्ति विवरणमा काठमाडौंको बूढानीलकण्ठमा ७० लाख र बारामा ५० लाखको जग्गा रहेक उल्लेख छ । उनले यी जग्गा खरिको स्रोत श्रीमान्‌को आय भनेकी छन् ।

त्यस्तै आफूसँग २५ तोला सुन रहेको र स्रोत स्वआर्जन तथा परिवारको उपहार भनेकी छन् ।

उनले विभिन्न बैंकमा २४ लाख रुपैयाँ बढी रकम बचत रहेको र उक्त रकम श्रीमानको आयबाट भएको उल्लेख गरेकी छन् ।

उनले २० लाख रुपैयाँ एभरेष्ट बैंकबाट २०८२ साल जेठमा ऋण लिएको पनि उल्लेख गरेकी छन् । त्यस्तै ४४ लाखको गाडी पनि रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?