+
+
Shares

शंकरको प्रेमको जितमा अश्विनी र आर्यनको अभिनय

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १२:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको स्वर रहेको प्रेमको जित गीतको भिडियो रिलिज गरिएको छ।
  • फिल्मी शैलीमा तयार गरिएको भिडियोमा अभिनेता आर्यन सिग्देल, शंकर श्रेष्ठ र मोडल अश्विनी शाहीको अभिनय देख्न सकिन्छ।
  • गीतको शब्द संगीत लिखु सहयात्रीले लेखेका हुन् भने भिडियो करण चैसरले छायांकन गरेका छन्।

काठमाडौँ । गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको स्वर रहेको प्रेमको जि बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

प्रेम रोमान्स र विरह समेटिएको प्रेमको जितमा अभिनेता आर्यन सिग्देलको बेजोड अभिनय देख्न सकिन्छ । फिल्मी शैलीमा तयार गरिएको भिडियोमा आर्यनका अलावा शंकर श्रेष्ठ र सुन्दरी मोडल अश्विनी शाहीको पनि बेजोड अभिनय देख्न सकिन्छ ।

प्रेम, रोमान्स र विरहले भरिएको ८ मिनेट लामो वियोगान्त गीत प्रेमको जितको भिडियोलाई बलिउड स्टाइलमा निर्माण गरिएको छ ।

भिडियोमा सुन्दरी मोडल अश्विनी शाहीलाई हट एण्ड बोल्ड अवतारमा उतारेका छन् निर्देशक केशव राज भट्टले ।

लिखु सहयात्रीको शब्द संगीत रहेको गीतमा विषय आचार्यकै एरेन्ज मिक्सिगं र मासटरिगं रहेको छ ।

करण चैसरको छायांकन रहेको भिडियोको सम्पादन र कलर मिलन विश्वकर्माले गरेका हुन् । भिडियो गायक श्रेष्ठकै अफिसियन च्यानल शंकर श्रेष्ठबाट बजारमा ल्याइएको हो ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?