+
+
Shares

हंगेरीमा १६ वर्षे ओर्बान शासनको अन्त्य, चिनियाँ लगानीमा संशय

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते ८:४८

३० चैत, काठमाडौं । हंगेरीमा विगत १६ वर्षदेखि एकछत्र शासन गरिरहेका प्रधानमन्त्री भिक्टर ओर्बानको सत्ताको अन्त्य भएको छ ।

आइतबार सम्पन्न आम निर्वाचनमा आम मतदाताले ओर्बानको अनुदारवादी सरकारलाई पूर्ण रूपमा अस्वीकार गर्दै विपक्षी तिज्जा पार्टीलाई ऐतिहासिक जित दिलाएका छन्।

ओर्बानले बुडापेस्टस्थित आफ्नो चुनावी मुख्यालयबाट हार स्वीकार गर्दै विपक्षी नेता पिटर मग्यारलाई बधाई दिएका छन् ।

यसपटकको निर्वाचनमा साम्यवादको पतनपछिकै सबैभन्दा उच्च झन्डै ८० प्रतिशत मतदान भएको छ ।

१९९ सदस्यीय संसदमा पिटर मग्यारको तिज्जा पार्टीले १३८ सिट जितेर दुई-तिहाइ बहुमत प्राप्त गरेको छ भने ओर्बानको फिडेज पार्टी ५५ सिटमा खुम्चिएको छ।

Peter Magyar, the leader of the opposition Tisza party, waves a national flag during a rally in Debrecen, Hungary, on Saturday. Photo: AP
पिटर मग्यार

ओर्बानको बर्हिगमनसँगै हंगेरीमा रहेका चिनियाँ लगानीकर्ताहरूमा भने ठूलो संशय र चिन्ता पैदा भएको छ।

ओर्बानको शासनकालमा हंगेरीले अर्बौं डलरको चिनियाँ लगानी भित्र्याएको थियो, जसमा देब्रेचेनमा निर्माणाधीन विशाल ब्याट्री कारखाना मुख्य छ ।

स्थानीयस्तरमा ‘चिनियाँहरू घर फर्क’ जस्ता नारासहित विरोध भइरहेका बेला नयाँ युरोपमैत्री सरकार आउनाले पुराना सम्झौताहरू खारेज हुन सक्ने डर चिनियाँ व्यवसायीहरूले व्यक्त गरेका छन् ।

ओर्बानको वैदेशिक नीति चीन, रूस र डोनल्ड ट्रम्पको अमेरिकातिर ढल्किएको थियो, जसलाई मतदाताहरूले यसपटक कडा जवाफ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?