+
+
Shares

बलेको ठाउँमा ‘पाँच पाण्डव’ मा सुशील सिटौलाको प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते १३:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकामा अध्ययनरत छात्राले बलात्कार गरेको आरोपपछि अभिनेता सागर लम्साल 'बले'लाई फिल्म 'पाँच पाण्डव'बाट निष्कासन गरिएको छ।
  • निर्देशक वसन्त निरौलाले भने, 'लागत र अन्य हैरानी त छँदैछन्, सेड्यूल पनि १५ दिन लम्बिएको छ'।
  • सुशील सिटौलाले बलेको पात्रका दृश्य धमाधम छायांकन गरिरहेका छन् र फिल्मको कुल सेड्युल ४० दिनको थियो।

काठमाडौं । छायांकनरत फिल्म ‘पाँच पाण्डव’मा अभिनेता सागर लम्साल ‘बले’को ठाउँमा सुशील सिटौलाको प्रवेश भएको छ । सिटौलाले केही दिनदेखि छायांकन थालेको जानकारी निर्देशक वसन्त निरौलाले अनलाइनखबरलाई दिए ।

अहिले काँकडभिट्टासहित झापाका विभिन्न स्थानमा यसको छायांकन भैरहेको छ । गतसाता अमेरिकामा अध्ययनरत एक छात्राले आफूलाई बलात्कार गरेको आरोप लगाएपछि निर्माताले बलेलाई फिल्मबाट निष्कासन गरेका थिए ।

बलेलाई लिएर फिल्मले क्लाइमेक्स र एक गीत बाहेकका अन्य सबै छायांकन दृश्य सम्पन्न गरिसकेको थियो । अचानक यो घटना भैसकेपछि निर्माताले विज्ञप्तिमार्फत उनी फिल्ममा नरहने घोषणा गरेका थिए ।

अहिले सुशीलले धमाधम बलेको पात्रका दृश्य सुट गरिरहेका छन् । यो घटनाको कारण फिल्मको छायांकन अवधि १५ दिन लम्बिएको जानकारी निर्देशक निरौलाले दिए । ‘लागत र अन्य हैरानी त छँदैछन्, सेड्यूल पनि १५ दिन लम्बिएको छ’ उनले भने ।

‘अब सुशीलजी छायांकन सकेरै काठमाडौं जानुहुनेछ’ निरौलाले भने, ‘अहिले सुशीलकै काममात्र गरिराखेका छौं ।’ फिल्मको कुल सेड्युल तालिका ४० दिनको थियो । यो फिल्ममा हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, दीपाश्री निरौला, इभा गिरी, प्रशान्त ताम्राकार लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?