+
+
Shares

पूर्वमन्त्री सुदन किरातीको टिप्पणी- गरिबको भोटमाथि धनीको शासन

‘अत्याधिक सम्पत्ति कमाउन कि आफ्नो पुर्खाले गडबडी गरेको हुनुपर्छ, कि आफैले गडबडी गरेको हुनुपर्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते १३:५२

३० चैत, काठमाडौं । पूर्वमन्त्री सुदन किरातीले मन्त्रिमण्डलका सदस्यको बारे ‘गरिबको भोटमाथि धनीको शासन’ भन्दै टिप्पणी गरेका छन् । सोमबार फेसबुकमा उनले यस्तो टिप्पणी लेखेका छन् ।

‘स्वदेशमा त सम्पत्ति कमाउने अवसर छैन भन्छन्, त्यसैले होला लाखौं युवाहरु सम्पत्ति कमाउन  विदेश गइरहेका छन्,’ किरातीले लेखेका छन्, ‘तर, केही युवाले त नेपालमै अत्याधिक सम्पति कमाएका रहेछन् भन्ने मन्त्रीहरूको सार्वजनिक सम्पत्ति विवरणबाट स्पष्ट हुन्छ ।’

उनले कुनै एक भुक्तभोगीले भनेको भन्दै अगाडि लेखेका छन्, ‘अत्याधिक सम्पत्ति कमाउन कि आफ्नो पुर्खाले गडबडी गरेको हुनुपर्छ, कि आफैले गडबडी गरेको हुनुपर्छ ।’

उनले सम्पत्ति विवरण बुझाउँदा नियमअनुसारकै स्रोत हुनुपर्ने बताएका छन् । ‘मेरो जानकारीमा, सम्पत्ति विवरण बुझाउँदा नियम अनुसार स्रोत खुलेकै हुनुपर्छ । तर राज्यलाई कर चाहिँ तिरिएको छ कि छैन ? कानुन अनुसार कारबाही होस् बालेन्द्र सरकार,’ उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?