+
+
Shares

नवाजुद्दिनकी छोरी शोरालाई लिएर अरिजितले थाले फिल्म छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते १५:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चर्चित भारतीय गायक अरिजित सिंहले फिल्मको गीत नगर्ने घोषणा गरेका छन्।
  • अरिजितले नयाँ फिल्म निर्माण र निर्देशन गर्ने निर्णय गरेका छन् र नवाजुद्दीन सिद्दीकीकी छोरी शोरा मुख्य भूमिकामा छन्।
  • फिल्म तीन युवा पात्रको जीवन र सामाजिक पृष्ठभूमि समेट्छ र अरिजितले आफैं निर्माणमा केन्द्रित रहेको स्रोतले जनाएको छ।

मुम्बई । चर्चित भारतीय गायक अरिजित सिंहले फिल्मको गीत नगाउने घोषणा गरेपछि प्रशंसक स्तब्ध थिए । लामो समयदेखि हिन्दी फिल्म संगीतमा उनका गीत दर्शकका लागि अभिन्न हिस्सा बनेका थिए ।

अरिजित अब फिल्म निर्देशनतर्फ लागेको खबर पनि छ । यो खबरले संगीत र फिल्म वृत्तमा चासो बढाएको छ । आफूले निर्माण र निर्देशन गर्ने नयाँ फिल्ममा अरिजितले अभिनेता नवाजुद्दीन सिद्दीकीकी छोरी शोरालाई मुख्य भूमिकामा लिएका छन् ।

हालै उनी लन्डनमा कलाकारसँग फिल्मको छायांकनमा व्यस्त देखिएका छन् । स्रोतका अनुसार यो फिल्म अरिजितकै अवधारणामा आधारित छ ।

‘यो कथा अरिजितले आफैं सोचेर तयार पारेका हुन् । उनले आफ्नै निर्माणमा फिल्म बनाउने निर्णय गरेका छन् ताकि सिर्जनात्मक स्वतन्त्रता उनीसँगै रहोस्, जुन एक सर्जकका लागि निकै महत्वपूर्ण हुन्छ,’ स्रोतले जनाएको छ ।

फिल्मको कथा तीन युवा पात्र वरिपरि घुम्छ, जसमा शोरा सिद्दीकी पनि एक हुन् । यी तीनै पात्र फरक–फरक सामाजिक पृष्ठभूमिबाट आएका छन् । उनीहरूको जीवन, संघर्ष र अवसरले बनेका संसार कसरी एकअर्कासँग ठोक्किन्छन् र जोडिन्छन् भन्ने कुरा फिल्मको मुख्य आकर्षण हो ।

कथाले वर्ग, अवसर र परिवेशले मानिसको निर्णय, महत्वाकांक्षा र नैतिकतामा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई पनि उठाएको छ । फरक पृष्ठभूमिका भए पनि उनीहरूको जीवन यात्राले समाजको विविध यथार्थलाई एकै ठाउँबाट हेर्ने अवसर दिन्छ ।

विशेषगरी ठूला शहरमा देखिने सामाजिक विभाजन र त्यसको असरलाई फिल्मले सूक्ष्म रूपमा प्रस्तुत गर्ने प्रयास गरेको बताइन्छ ।

फिल्म तयार भएपछि अरिजितले आफैं रिलिज गर्ने वा कुनै ठूलो प्रोडक्सन हाउसलाई दिने भन्नेबारे भने अहिलेसम्म स्पष्ट छैन । स्रोतका अनुसार, “अहिले उनी आफैं निर्माणमा केन्द्रित छन् । भविष्यमा के हुन्छ, भन्न सकिने अवस्था छैन ।’

गायनबाट अलग हुँदै निर्देशनमा देखिएको अरिजितको यो यात्रा कत्तिको सफल हुन्छ भन्नेमा अहिले दर्शक र उद्योग दुवैको चासो केन्द्रित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?