+
+
Shares

मन्त्रीहरूको सम्पत्तिको वैधानिक आयस्रोत खुलाउन माग राखेर प्रदर्शन

नेपाल सरकारका मन्त्रीहरूको हालै सार्वजनिक भएको सम्पत्ति विवरण अपारदर्शी भएको भन्दै प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते १६:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल क्रान्तिकारीले मन्त्रीहरूको सम्पत्ति विवरण अपारदर्शी भएको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
  • प्रदर्शनकारीहरूले मन्त्रीहरूको सम्पत्तिको वास्तविक स्रोत खुलाउन र अवैध सम्पत्तिमाथि छानबिन गर्न सरकारमाथि दबाब सिर्जना गरेका छन्।
  • सरकारलाई सम्पत्तिको वैधानिक स्रोत सार्वजनिक गर्न, स्वतन्त्र आयोग गठन गर्न र भ्रष्टाचार नियन्त्रणमा ठोस कदम चाल्न विद्यार्थी नेताहरूले माग गरेका छन्।

३० चैत, काठमाडौं । नेपाल सरकारका मन्त्रीहरूको हालै सार्वजनिक भएको सम्पत्ति विवरण अपारदर्शी भएको भन्दै प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्तिको वास्तविक स्रोत खुलाउन र अवैध देखिएका सम्पत्तिमाथि तत्काल छानबिन प्रक्रिया अगाडि बढाउन माग गर्दै संगठनले सरकारमाथि दबाब सिर्जना गरेको हो ।

माइतीघरमा प्लेकार्डसहित उत्रिएका विद्यार्थीले मन्त्रीहरूको विलासी जीवनशैली र सार्वजनिक गरिएको सम्पत्ति विवरणबीच मेल नखाएको दाबी गरेका छन् ।

प्रदर्शनकारीहरूले ‘सम्पत्ति देखियो—स्रोत कहाँ गयो?’, ‘मन्त्रीहरूलाई सुनको बहार, जनतालाई महँगी उपहार’, र ‘सुनखानी प्रधानमन्त्री, शेयरखानी गृहमन्त्री’ जस्ता नाराहरू अंकित प्लेकार्ड प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरूले सरकारसमक्ष मुख्यतया तीनवटा माग राखेका छन् ।

मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्तिको वैधानिक स्रोत तत्काल सार्वजनिक गरिनुपर्ने, सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न एक उच्चस्तरीय स्वतन्त्र आयोग गठन गरिनुपर्ने, देशमा बढ्दो भ्रष्टाचार, सुन तस्करी र महँगी नियन्त्रणमा सरकारले ठोस कदम चाल्नुपर्ने उनीहरूको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?