+
+
Shares

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री– निम्तो आइसकेको छ, मिति तय भएको छैन

उच्चस्तरीय राजनीतिक भ्रमणका विषयमा आफ्ना भारतीय समकक्षी एस जयशंकरसँगको साइडलाइन भेटमा समेत छलफल भएको मन्त्री खनालले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते १६:३०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहलाई भारतबाट भ्रमणको निम्तो आएको जानकारी दिनुभयो।
  • खनालले उच्चस्तरीय राजनीतिक भ्रमण नयाँ सरकारको प्राथमिकता र प्राविधिक समितिको काम पूरा भएपछि मात्र तय हुने बताउनुभयो।
  • खनालले मरिसस भ्रमणमा सहभागी भएर नेपालको कूटनीतिक पहुँच फराकिलो भएको र विभिन्न मुलुकका मन्त्रीसँग बहुआयामिक परराष्ट्र नीति अभिव्यक्त गरेको बताउनुभयो।

३० चैत, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहलाई भारतबाट भ्रमणको निम्तो आएको बताएका छन् ।

‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हाम्रा प्रधानमन्त्री बालेन शाहलाई बधाइ चिठी पठाउँदा नै भ्रमणको निम्ति सहित आएको छ,’  नवौं हिन्द महासागर सम्मेलनमा सहभागी भएर फर्केका मन्त्री खनालले सोमबार विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने । यद्यपि भ्रमणको तिथि मिति भने तय भइनसकेको उनले जानकारी दिए ।

उच्चस्तरीय राजनीतिक भ्रमणका विषयमा आफ्ना भारतीय समकक्षी एस जयशंकरसँगको साइडलाइन भेटमा समेत छलफल भएको मन्त्री खनालले जानकारी दिए ।

उनले भने, ‘नयाँ सरकारले आफ्नो प्राथमिकता निर्धारण गरिसकेपछि र दुवै देशका मन्त्रालयको प्राविधिक समितिले आफ्नो काम पूरा गरिसकेपछि मात्र उच्चस्तरीय राजनीतिक भ्रमण गर्ने भन्नेमा हामीले छलफल गरेका छौं ।’

दुई देशबीचका प्राविधिक संयन्त्रहरूले काम गरिसकेपछि मात्र भ्रमण तय हुने खनालले बताए ।

मन्त्री खनालले तीन दिने मरिसस भ्रमणमा आफ्नो सहभागिता सक्रिय र अर्थपूर्ण रहेको बताए । भ्रमणले नेपालको कूटनीतिक पहुँचलाई फराकिलो पारेको उनको बुझाइ छ ।

मरिससको राजधानी पोर्ट लुइसमा खनालले मरिसस, सिङ्गापुर र भुटानका मन्त्रीहरूले बेग्ला-बेग्लै भेटवार्ता गरेका थिए ।

भेटबारे उनले भने, ‘सन्तुलित स्वतन्त्र र बहुआयामिक परराष्ट्र नीति अभिव्यक्त गर्ने अवसर प्राप्त भयो ।’

शनिबार सम्मेलनलाई सम्बोधन गर्दै खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति शृङ्खलामा अवरोध र बढ्दो असमानताले सहकार्य मात्र नभई सामूहिक जिम्मेवारीको माग गरिरहेको बताएका थिए ।

मध्यपश्चिमा जारी द्वन्द्वका क्रममा नेपालले एक जनाको ज्यान गुमाइसकेको र अन्य केही घाइते भएकोप्रति उनले चिन्ता व्यक्त गरेका थिए ।

खनालले सम्मेलनमा भनेका थिए, ‘पश्चिम एसियामा भइरहेका घटना र त्यसबाट उत्पन्न समस्या नेपालका लागि टाढाका घटनाहरू होइनन् । लाखौँ नेपाली नागरिक त्यहाँ बसोबास तथा रोजगारीमा छन्, उनीहरूको सुरक्षा हाम्रो प्रमुख प्राथमिकताको विषय हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?