News Summary
Generated by OK AI. Editorially reviewed.- नयाँ वर्ष २०८३ को आगमनले नयाँ सुरुवात र संकल्पहरू राख्ने अवसर दिएको छ।
- स्वास्थ्य, आर्थिक अनुशासन, नयाँ सीप सिक्ने, पर्यावरण संरक्षण, परिवारसँग समय बिताउने लगायतका संकल्पहरू राख्न सकिन्छ।
नयाँ वर्ष २०८३ को आगमनले हामी सबैलाई फेरि एक पटक नयाँ सुरुवातको अवसर दिँदैछ । प्राय: नयाँ वर्ष जस्तो विशेष समयमा हामी मध्ये धेरैले नयाँ पात्रो फेर्नेबाहेक अन्य केही पनि गर्छौं । त्यो भनेको आफूलाई नयाँ बनाउने हो । भनौं, आफैंले राख्ने/राखिने संकल्पहरू हुन् । जुन एउटा प्रचलनका रूपमा नै रहेको छ ।
संकल्पहरू सधैं ठूलो नै हुनुपर्छ भन्ने पनि छैन । दैनिक जीवनमा सजिलै लागू गर्न सकिने साना-साना प्रतिबद्धताहरू पनि संकल्पहरू हुन सक्छन् ।
१. स्वास्थ्यलाई प्राथमिकता दिने
प्रत्येक दिन कम्तीमा ३० मिनेट पैदल हिँड्ने वा घरमै व्यायाम गर्ने । चिनी, तेल र जंकफुड कम गर्ने । यो संकल्पले हामीलाई चाँडै नै अस्पताल जानबाट बचाउँछ । जीवनको गुणस्तर बढाउँछ ।
२. आर्थिक अनुशासन कायम गर्ने
मासिक आम्दानीको कम्तीमा १० प्रतिशत बचत गर्ने । अनावश्यक खर्च कटौती गर्ने र सानो-सानो लक्ष्यका लागि खाता खोल्ने । पैसा सञ्चय अर्थात् आर्थिक अनुशानको यो बानीले हामीलाई भविष्यको चिन्ता कम गर्न सहयोग गर्छ ।
३. नयाँ सीप सिक्ने
मोबाइलबाटै अनलाइन कोर्स गरेर डिजिटल साक्षरता, कृषि प्रविधि वा सिलाइ-बुनाइ जस्तो सीप सिक्ने । यस संकल्पले हामीलाई पुनर्ताजगी गराउँछ । सके नयाँ रोजगारीको ढोका खोल्छ । आत्मनिर्भर बनाउँछ ।
४. पर्यावरण संरक्षणमा योगदान दिने
घरबाट प्लास्टिकको झोला पूरै हटाउने । हरेक महिना कम्तीमा एउटा रुख रोप्ने । यस्तो संकल्पले दीर्घकालमा पर्यावरण संरक्षण गराउन सहयोग गर्छ । एक त हाम्रो देश हिमाल र नदीबाट बनेको छ, यसलाई जोगाउनु हाम्रो पनि कर्तव्य हो ।
५. परिवारसँग गुणस्तरीय समय बिताउने
आजकल हामी सबैभन्दा बढी मोबाइलमा समय बिताउन थालेका छौं । तर, नयाँ वर्षदेखि मोबाइल बन्द गरेर दिनमा एक छाक परिवारसँगै खाने र बच्चासँग कुराकानी गर्ने संकल्प राख्न सकिन्छ । यसले घरको वातावरण शान्त र सम्बन्ध मजबुत बनाउँछ ।
६. समयको सदुपयोग गर्ने
सामाजिक सञ्जालमा निश्चित समयभन्दा बढी नबिताउने र हरेक दिन एउटा उपयोगी काम पूरा गर्ने । यो संकल्पले ‘समय नै जीवन हो, यसलाई व्यर्थ खेर फाल्नु हुँदैन’ भन्ने कुराको बोध गराउँछ ।
७. पुस्तक पढ्ने बानी बसाल्ने
आजभोलि स्क्रिन टाइम अत्यधिक हुँदा धेरैको पुस्तक पढ्ने बानी छुट्दै गइरहेको छ । यस्तोमा चाहे उपन्यास होस्, कृषि सम्बन्धी होस् वा आत्मविकासका किताबहरू होउन्, महिनामा कम्तीमा दुई वटा पुस्तक पढ्ने बानी लगाउनुपर्छ । यसे हाम्रो दृष्टिकोण फराकिलो बनाउँछ ।
८. सकारात्मक सोच विकास गर्ने
व्यस्त दैनिकी र तीव्र गतिमा बढिरहेको जीवनशैली । यसले सकारात्मक सोच्ने क्षमता पनि गराउँछ । त्यस्तोमा प्रत्येक दिन तीनवटा कुराको कृतज्ञता व्यक्त गर्ने र नकारात्मक कुराबाट टाढा रहने जस्ता सकारात्मक सोचको संकल्प राख्न सकिन्छ । यसले मानसिक स्वास्थ्य मजबुत बनाउँछ ।
९. आफ्नो संस्कृति र भाषालाई सम्मान गर्ने
उसैगरी हामी आजभोलि हाम्रो संस्कृति र भाषाबाट पनि टाढा हुँदै गइरहेका छौं । यस्तोङ्गा घरमा नेपाली भाषामा बढी कुराकानी गर्ने, चाडपर्वलाई उल्लासपूर्ण रूपमा मनाउने र परम्परालाई नयाँ पुस्तालाई हस्तान्तरण गर्ने जस्ता संकल्प लिन सकिन्छ । किनकि हाम्रो पहिचान नै हाम्रो शक्ति हो ।
प्रतिक्रिया 4