+
+
Shares

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको मस्यौदा तयार

मन्त्रालयका अनुसार थप विधेयकहरूमा पनि काम भइराखेको छ । जलस्रोत सम्बन्धी विधेयक, विद्युत् विधेयक, सिँचाइ विकास तथा व्यवस्थापन सम्बन्धी विधेयकलाई प्राथमिकतामा राखेर काम भइराखेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १ गते १३:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ।
  • मन्त्रालयले जलस्रोत, विद्युत् र सिँचाइ विकाससम्बन्धी विधेयकलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।
  • ऊर्जा सचिव चिरञ्जीवी चटौतको नेतृत्वमा तयार भएको मस्यौदालाई अन्तिम रूप दिन सरोकारवालासँग छलफल जारी छ।

१ वैशाख, काठमाडौं । नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको मस्यौदा तयार भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय विधेयकको मस्यौदा तयार पारेको हो ।

मन्त्रालयका अनुसार थप विधेयकहरूमा पनि काम भइराखेको छ । जलस्रोत सम्बन्धी विधेयक, विद्युत् विधेयक, सिँचाइ विकास तथा व्यवस्थापन सम्बन्धी विधेयकलाई प्राथमिकतामा राखेर काम भइराखेको छ ।

सरकारले १०० बुँदे शासकीय सुधार सम्बन्धी कार्यसूची ल्याएको छ । जसमा कानुन निर्माणमा प्राथमिकता अनुसारको विषय समावेश गरेको छ । त्यसअनुसार मन्त्रालयसँग सम्बन्धित कानुन निर्माणलाई ऊर्जा मन्त्रालयले प्राथमिकता दिएको हो ।

यसबाहेक ऊर्जा मन्त्रालयले ऊर्जा क्षेत्रको समग्र विकास र दीर्घकालीन योजना तय गर्ने उद्देश्यका साथ विद्युत् नीतिलाई अगाडि बढाएको छ ।

ऊर्जा सचिव चिरञ्जीवी चटौतको नेतृत्वमा गठित कार्यदलले तयार गरेको प्रारम्भिक मस्यौदालाई अन्तिम रूप दिन सरोकारवालाहरूसँग छलफल जारी राखिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रलाई मुलुकको आर्थिक समृद्धिको संवाहकको रुपमा स्थापित गर्ने, रूपान्तरणकारी र तत्काल नतिजा देखिने गरी आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रमको तर्जुमा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको विद्यमान समस्याको पहिचान तथा समाधानका उपायहरू खोज्न मन्त्रालयले सरोकारवाला पक्षहरूसँग छलफल र सुझाव संकलनको कार्यलाई पनि जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?