News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले देशभरि एक महिने जरामा जाऊँ अभियान सुरु गरी क्रियाशील सदस्यता अद्यावधिक गर्ने प्रक्रिया अघि बढाएको छ।
- सभापति गगनकुमार थापाले काठमाडौं महानगरपालिका–३० मा क्रियाशील सदस्यता अद्यावधिक गरी अभियानको सुरुवात गरेका हुन्।
- अभियानअन्तर्गत कांग्रेसले डिजिटल कांग्रेस आईडी अनिवार्य गर्ने, फारम भर्ने र फोटो खिच्ने प्रावधान लागू गर्ने योजना बनाएको छ।
१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकका लागि देशभरि ‘एक महिने जरामा जाऊँ अभियान’ सुरू भएको छ ।
सभापति गगनकुमार थापाले काठमाडौं महानगरपालिका–३० को वडा इकाई कार्यालयमा उपस्थित भएर क्रियाशील सदस्यता अध्यावधिक गरेसँगै अभियानको सुरु भएको हो ।
अभियानका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ । उनीहरूलाई पार्टीले स्थानीय स्तरमा प्रत्यक्ष रूपमा काम गर्न भनेको छ । केन्द्रीय प्रतिनिधिहरूले पार्टीले पारित गरेको निर्देशिकाबमोजिम तोकिएको कार्यक्षेत्रमा बसेर सदस्यता विस्तार अभियानको नेतृत्व गर्ने छन् ।
‘एक महिने जरामा जाऊँ अभियान’ मार्फत कांग्रेसले डिजिटल ‘कांग्रेस आईडी’ अनिवार्य गर्ने, क्रियाशील सदस्यता वडामै अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरण गर्ने र नागरिक संवाद गर्ने लक्ष्य राखेको छ ।
कांग्रेसले पुराना क्रियाशील सदस्यहरूको सदस्यता अद्यावधिकका लागि फारम भर्नुपर्ने, फोटो खिच्नु पर्ने प्रावधान लागु गर्ने तयारी गरेको छ । सबै क्रियाशील सदस्यहरूको वयक्तिक विवरण संकलनका लागि कांग्रेसले सदस्यता अद्यावधिकका क्रममा फारम भर्ने, फोटो खिच्ने अनिवार्य प्रावधान गर्न लागेको हो ।
कांग्रेसले नयाँ सदस्यता वितरणमा विधानको व्यवस्था प्रभावकारी ढंगले लागु गर्ने, नयाँ सदस्यता ‘डिजिटल्ली’ खोल्ने, नयाँ व्यक्ति सदस्य बन्नका लागि सजिलो प्रावधानहरू राख्ने आन्तरिक तयारी गरेको छ ।
कांग्रेसले ‘एक महिने जरामा जाऊँ अभियान’ का क्रममा क्रियाशील सदस्यता अध्यावधिक गर्न जाँदा ‘ओटीपी’ नम्बर अनिवार्य लिन र अनिवार्य फोटो खिचाउन भनेको छ ।
प्रतिक्रिया 4