+
+
Shares
राष्ट्रिय प्रतिवद्धता :

सबै नागरिकलाई श्रमसँग जोड्ने सरकारको प्रतिबद्धता

सरकारले सबै नागरिकलाई श्रम संस्कृतिसँग जोडेर अनिवार्य श्रम गराउने प्रतिवद्धता सार्वजनिक गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १ गते १५:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सबै नागरिकलाई श्रम संस्कृतिसँग जोडेर अनिवार्य श्रम गराउने प्रतिवद्धता सार्वजनिक गरेको छ।
  • सरकारले आगामी ५ वर्षभित्र १५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।
  • सरकारले ठगी, ज्वाला बक्यौता र श्रम शोषण अन्त्य गर्न व्यापक श्रम बजार सुधार कार्यक्रम लागू गर्ने प्रतिबद्धता जनाएको छ।

१ वैशाख, काठमाडौ । सरकारले सबै नागरिकलाई श्रम संस्कृतिसँग जोडेर अनिवार्य श्रम गराउने प्रतिवद्धता सार्वजनिक गरेको छ । ६ राजनीतिक दलहरुको घोषणापत्रलाई समेटेर राष्ट्रिय प्रतिबद्धता बनाउने क्रममा सरकारले यो नीति पनि स्वीकारेको हो ।

‘सबैलाई श्रम संस्कृतिसँग जोडेर अनिवार्य श्रम गराइनेछ,’ प्रतिबद्धतामा भनिएको छ । यो एजेण्डा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले वकालत गर्दै आएको छ ।

आगामी ५ वर्षभित्र १५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको सरकारले यो एजेण्डाको अपनत्व पनि लिएको हो । ‘समृद्धिको आधार रोजगारी’ शीर्षकमा सरकारले श्रमलाई सुरक्षित, मर्यादित बनाउने प्रतिबद्धता पनि गरिएको हो ।

‘ग्रामिण रोजगारी कार्यक्रमका साथै नीथि क्षेत्रलाई रोजगारी सिर्जना गर्न रोजगार मेला आयोजना गरिनेछ,’ प्रतिबद्धतामा भनिएको छ, ‘श्रम बजारलाई सुरक्षित, मर्यादित र न्यायपूर्ण श्रम बजार निर्माणका लागि ठगी, ज्वाला बक्यौता र श्रम शोषण अन्त्य गर्न व्यापक श्रम बजार सुधार कार्यक्रम लागू गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?