+
+
Shares

‘परालको आगो’ को मर्मस्पर्शी ट्रेलर : अहिले पनि सान्दर्भिक परिवार प्रेमको कथा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते १४:५३
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुरुप्रसाद मैनालीको कृति \'परालको आगो\' मा आधारित फिल्मको ट्रेलर युट्युबमा सार्वजनिक गरिएको छ।
  • लक्ष्मण सुनार निर्देशित फिल्ममा दुई दम्पतीको फरक जीवनशैली र सम्बन्धको कथा प्रस्तुत गरिएको छ।
  • फिल्म ११ बैशाख २०८३ मा प्रदर्शन हुने तयारीमा छ र प्रकाश सपुत, सुहाना थापा मुख्य भूमिकामा छन्।

काठमाडौं । गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’ मा आधारित सोही नामको फिल्मको मर्मस्पर्शी ट्रेलर युट्युबमा सार्वजनिक गरिएको छ । ट्रेलर सार्वजनिक गर्न निर्माताले बिहीबार पत्रकार सम्मेलनको समेत आयोजना गरेका थिए ।

लक्ष्मण सुनार निर्देशित फिल्मको ट्रेलरले कथावस्तुबारे विस्तृत प्रकाश पार्छ । यसको कथा दुईवटा परिवार र दम्पतीमा आधारित छ । एक दम्पती जो धनी छ तर दैनिक झगडा गर्छ र अशान्त छ । अर्को दम्पती जो गरिब छ तर खुसी छ ।

महिलाको सम्मान गर्दा घरमा उज्यालो र प्रफुल्ल हुन्छ भन्ने सन्देश यसमा छ । साथै, पति पत्नीको सम्बन्धमा सबैभन्दा महत्वपूर्ण कुरा प्रेम, सम्मान र समझदारी महत्वपूर्ण रहेको सन्देश दिइएको छ ।

पति–पत्नीबीचको सम्बन्ध परालको आगोजस्तै ह्वार्र बल्ने र तत्कालै निभ्ने भएकाले प्रेम बाँडेर जिउन सिकौं भन्ने सन्देश यसमा छ । ट्रेलर हेर्दा, प्रकाश सपुत र सुहाना थापाले शीर्ष दम्पतीको भूमिका निर्वाह गरेका छन् ।

सौगात मल्ल र सिर्जना अधिकारीले गरिब तर सुखी दम्पतीको भूमिका निर्वाह गरेका छन् । ग्रामीण परिवेशमा छायांकन गरिएको यो फिल्मले हामीलाई मैनालीको कृतिको परिवेशमा यात्रा गराउँछ । दशकौंअघि मैनालीले नेपाली समाजको तत्कालिन परिवेशलाई आधार मानेर कथा लेखेपनि, यतिबेला पनि यो कथा सान्दर्भिक हुन आउँछ ।

हरिओम सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका लगानीकर्ता सुशील पोखरेल हुन् । ‘परालको आगो’ ११ बैशाख अर्थात अंग्रेजी क्यालेन्डर २४ अप्रिलमा प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?