News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी लेबनानमा रहेको हिजबुल्लाहलाई इजरायलसँग लागु गरिएको युद्धविराम पालना गर्न अपिल गरेका छन्।
- ट्रम्पले ट्रुथ सोशल मार्फत अपिल गर्दै हिजबुल्लाहले यस महत्वपूर्ण समयमा राम्रो र उचित व्यवहार गर्ने आशा व्यक्त गरेका छन् ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी लेबनानमा रहेको इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई इजरायलसँग लागु गरिएको युद्धविराम पालना गर्न अपिल गरेका छन्।
राष्ट्रपति ट्रम्पले ट्रुथ सोशलमार्फत यस्तो अपिल गरेका हुन् ।
उनले लेखेका छन्, ‘मलाई आशा छ कि हिजबुल्लाहले यस महत्वपूर्ण समयमा राम्रो र उचित व्यवहार गर्नेछ ।’
ट्रम्पले थप लेखेका छन्, ‘यदि उनीहरूले यसो गरे भने, यो उनीहरूका लागि ‘महान’ समय हुनेछ । अब कुनै हत्या हुनेछैन । अन्ततः शान्ति हुनुपर्छ।’
यसअघि ट्रम्पले ट्रुथ सोसलमा एक पोस्ट मार्फत लेबनान र इजरायल १० दिने युद्धविराममा सहमत भएको घोषणा गरेका थिए ।
युद्धविरामको घोषणा गर्ने आफ्नो पोस्टमा ट्रम्पले लेबनानी राष्ट्रपति जोसेफ आउन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग कुरा गरेको बताएका छन्।
प्राविधिक रूपमा, यो युद्धविराम इजरायल र लेबनान बीच हो, जुन हिजबुल्लाहको आधार हो।
एक इजरायली अधिकारीले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई बताएअनुसार युद्धविरामको समयमा इजरायलले ‘हिजबुल्लाहको आक्रमण’ लाई मात्र सैन्य रूपमा जवाफ दिनेछ ।
बिहीबार मात्रै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले दिगो शान्ति सम्झौताका लागि इरान समर्थित समूहले निशस्त्रीकरण गर्नुपर्ने बताएका थिए ।
प्रतिक्रिया 4