+
+
Shares

जनकपुर रिफाइनरीमा आगलागी, १५ करोड बराबरको क्षति   

गए राति भएको आगलागीबाट १५ करोड रुपैयाँ बराबरको क्षति भएको रिफाइनरीका प्रबन्धक सञ्जय गुप्ताले जानकारी दिए ।

रासस रासस
२०८३ वैशाख ४ गते ९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी हुँदा १५ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
  • आगलागीमा स्टिम र थर्मोफुल मेसिन जलेका छन् र आगो पाँचवटा वारुणयन्त्र तथा सुरक्षा निकायको संयुक्त प्रयासले दुई घण्टामा निभाइएको थियो।
  • इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले क्षतिको पूर्ण विवरण सङ्कलन गर्न केही दिन लाग्ने र आगलागीको कारण खुलेको छैन भने।

४ वैशाख, धनुषा । मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ ।

गए राति भएको आगलागीबाट १५ करोड रुपैयाँ बराबरको क्षति भएको रिफाइनरीका प्रबन्धक सञ्जय गुप्ताले जानकारी दिए ।

रिफाइनरीमा जडान गरिएका स्टिम र थर्मोफुल मेसिन जलेका छन् ।

आगो जनकपुर, महेन्द्रनगर र ढल्केबरबाट परिचालन भएका पाँचवटा वारुणयन्त्र तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त प्रयासमा दुई घण्टापछि निभाइएको थियो ।

यसैबीच, क्षतिको पूर्ण विवरण सङ्कलन गर्न अझै केही दिन लाग्ने ढल्केबरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताए । आगलागीको कारण खुलेको छैन ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?