News Summary
Generated by OK AI. Editorially reviewed.- श्रृजनशील स्पोर्ट्स क्लब र फुटसल भिजन स्पोर्ट्स एकेडेमीले अन्तरकलेज बास्केटबल र फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
- बास्केटबल बैशाख ५ गतेदेखि ज्ञान संस्कार इन्टरनेसनल स्कुलको कोर्टमा हुनेछ ।
- फुटसल प्रतियोगिता बैशाख ७ गतेदेखि ग्रान्डी स्पोर्ट्स एकेडेमीमा सुरु हुनेछ ।
४ बैशाख, काठमाडौं । बास्केटबल श्रृजनशील स्पोर्ट्स क्लब तथा फुटसल भिजन स्पोर्ट्स एकेडेमीको आयोजनामा अन्तरकलेज बास्केटबल तथा फुटबल प्रतियोगिता हुने भएको छ ।
थ्री बाइ थ्री स्वरुपमा हुने बास्केटबलको ब्वाइजमा ६० र गर्ल्समा ४० गरी एक सय टिम सहभागी हुने श्रृजनशीलका अध्यक्ष सुदेवजंग पण्डितले जनाएका छन् ।
टोखा नगरपालिका वडा १०, सामाखुशीस्थित ज्ञान संस्कार इन्टरनेसनल स्कुलको कोर्टमा खेलाइने प्रतियोगिता प्रतियोगिता बैशाख ५ गतेदेखि सुरु हुनेछ ।
फुटसलमा २४ ब्वाइज टिमको सहभागिता रहने भिजनका अध्यक्ष वृजेश बोहराले जानकारी गराए । प्रतियोगिता टोखा नगरपालिका वडा ६ स्थित ग्रान्डी स्पोर्ट्स एकेडेमीमा खेलाइने छ । फुटसल बैशाख ७ गतेदेखि सुरु हुनेछ ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सहयोगमा हुने दुवै प्रतियोगिता नकआउट आधारमा खेलाइने छ । दुवै प्रतियोगिताका विजेतालाई प्रमाण पत्र, पदक र नगद पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4