+
+
Shares

एमाले रूपान्तरण अभियानकर्ताले भने- बेमौसमी कम्युनिस्ट एकताको बहस दुराशययुक्त

‘हामी पार्टी नेतृत्वलाई रूपान्तरण, पुनर्गठन र पुनर्जागरणको मागलाई गम्भीरतापूर्वक लिन र केन्द्रीय कमिटीमार्फत त्यसलाई यथासिघ्र सम्बोधन गर्नेगरि अगाडि बढ्न जोडदार आग्रह गर्दछौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ५ गते २०:३८

५ वैशाख, काठमाडौं । नेकपा एमालेमा विशेष महाधिवेशनको पक्षमा वकालत गरिरहेका युवाहरूले पार्टीभित्रको रूपान्तरणको प्रयासलाई ओझेल पार्न कम्यनिस्ट एकताको बहस चलाइएको टिप्पणी गरेका छन् ।

‘केही समयअघिदेखि एमाले विशेष महाधिवेशनका लागि आवाज उठाइरहेका १० युवा नेताले शनिबार एक वक्तव्य जारी गर्दै पार्टीभित्रको रूपान्तरण र पुनर्गठनको अभियानलाई त्यस्ता बहसले ओझेल नपार्ने पनि बताएका छन् ।

‘नेतृत्वले गरेका गल्ती कमजोरीहरूलाई ढाकछोप गर्न र मूल एजेन्डाबाट ध्यान मोड्नका लागि जुन प्रकारको बेमौसमी कम्युनिष्ट एकताको बहस चलाइएको छ,’ वक्तव्यमा भनिएको छ, ‘त्यसले पार्टीलाई अझ रक्षात्मक बनाउने निश्चित छ । यस्तो प्रयासले पार्टीभित्र विद्यमान मूल समस्याहरूलाई ओझेलमा पार्ने, कार्यशैलीगत र संगठनात्मक कमजोरीहरूलाई समाधान नगर्ने स्पष्ट नै छ ।’

पार्टीले फागुन २१ को निर्वाचनमा बेहोरेको हार केवल प्राविधिक पराजय मात्र नभई पार्टीको विद्यमान नीति, कार्यशैली र नेतृत्वमाथि जनताले गरेको गम्भीर अविश्वास र प्रश्न रहेको उनीहरूले भनेका छन् । ‘यतिबेला आम कार्यकर्ता र युवा पंक्तिले पार्टीको समग्र रूपान्तरण, पुनर्गठन र पुनर्जागरणको अपेक्षा गरिरहेका छन्,’ वक्तव्यमा उनीहरूले भनेका छन् ।

‘हामी कुनै पनि प्रकारको असमयिक र दुराशययुक्त पार्टी एकीकरणको प्रयासप्रति असहमति व्यक्त गर्दै त्यस्ता गतिविधिहरूको कडा शब्दमा विरोध गर्दछौं,’ वक्तव्यमा भनिएको छ, ‘हामी पार्टी नेतृत्वलाई रूपान्तरण, पुनर्गठन र पुनर्जागरणको मागलाई गम्भीरतापूर्वक लिन र केन्द्रीय कमिटीमार्फत त्यसलाई यथासिघ्र सम्बोधन गर्नेगरि अगाडि बढ्न जोडदार आग्रह गर्दछौं ।’

वैधानिक ढंगले पार्टीलाई समयानुकूल रूपान्तरण, पुनर्गठन र पुनर्जागरण गर्न आफ्नो अभियानलाई निरन्तरता दिन उनीहरूले बताएका छन् ।

यस्ताे छ वक्तव्य :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?