+
+
Shares

हावाहुरीले घरको पर्खाल भत्किंदा सिरहामा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ६ गते ८:५१

६ वैशाख, सिरहा । सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका-२ मकरामपुरमा हावाहुरी र वर्षाका कारण घरको पर्खाल खस्दा एक महिलाको मृत्यु भएको छ ।

हावाहुरीले शनिबार राति करिब ८ : ४५ बजे घरको पर्खाल भत्काउँदा पुरिएर करिब ६० वर्षीया किसुनवती यादवको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डिएसपी रमेशबहादुर पालका अनुसार घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यलय महेशवारीको टोली घटनास्थल पुगेर विवरण संकलन गरेको थियो ।

मृतकको शव घरमै राखिएको तथा घटनास्थल सुरक्षित गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय महेशवारीबाट करिब ४.५ किलोमिटर पश्चिममा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?