+
+
Shares

बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ६ गते ९:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
  • एम्बुलेन्सले गुलरिया नगरपालिका–७ स्थित वन डिभिजन कार्यालय नजिक चार जना पैदलयात्रीलाई ठक्कर दिएको थियो।
  • मृत्यु हुनेमा ५५ वर्षीय भूमि लामिछाने र उनका ७ वर्षीय नाति रिहान्स रहेका छन् । घाइते सीता लामिछाने र सूर्य उपाध्यायलाई नेपालगञ्ज नर्सिङहोममा उपचारका लागि पठाइएको छ।

६ वैशाख, काठमाडौं । बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बनी प्रदेश बी एए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान करिब सवा पाँच बजेतिर गुलरिया नगरपालिका–७ स्थित वन डिभिजन कार्यालय नजिक चार जना पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

एम्बुलेन्सको ठक्करबाट गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमि लामिछाने र उनका अन्दाजी ७ वर्षीय नाति रिहान्सको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रकाशसिंह कार्कीले जानकारी दिए ।

एम्बुलेन्सको ठक्करबाट मृत्यु भएका लामिछाने योग गुरुसमेत रहेको स्थानीय बताउँछन् ।

दुर्घटनामा योग गुरु लामिछानेकी पत्नी ५० वर्षीया सीता र अर्का ६५ वर्षीय स्थानीय सूर्य उपाध्याय घाइते छन् । घाइते दुवै जनालाई नेपालगञ्ज नर्सिङहोममा उपचारका लागि पठाइएको प्रहरी निरीक्षक कार्कीले बताए ।

बिहान योग गर्न गइरहेका उनीहरुलाई तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?