+
+
WC Series
Nepal
76/4 (12.5)
VS
UAE
0/0
Shares

नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारको सम्भावनाबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ र स्लोभेनियाका आवासीय राजदूत टोमाज मेन्सिनबीच व्यापार तथा लगानी विस्तारका लागि भेटवार्ता भएको छ।
  • श्रेष्ठले स्लोभेनियालाई सम्भावनायुक्त साझेदारको रूपमा लिँदै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।
  • राजदूत मेन्सिनले प्रविधि हस्तान्तरण, नवप्रवर्तन र संयुक्त लगानीमा सहकार्य बढाउन सकिने धारणा राखे।

७ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि स्लोभेनियाका आवासीय राजदूत टोमाज मेन्सिनबीच महासंघ सचिवालयमा भेटवार्ता भएको छ ।

भेटका अवसरमा नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका लागि सम्भावना रहेको चर्चा गर्दै दुई देशबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउन पहल आवश्यक रहेकोमा जोड दिइएको छ ।

सो अवसरमा श्रेष्ठले स्लोभेनियालाई आर्थिक सहकार्यका लागि सम्भावनायुक्त साझेदारको रूपमा लिँदै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

‘पछिल्लो समय नेपालमा वाह्य लगानीका लागि थुप्रै नीतिगत सुधार भएका छन् । अहिले बहुमतको स्थायी सरकार निर्माण भएको छ । यसबाट नीतिगत स्थायित्व कायम हुनेमा निजी क्षेत्र आशावादी छ । यो अवस्थामा दुई देशबीच व्यवसाय–व्यवसाय (बीटुबी) सहकार्य, व्यापार भ्रमण तथा संयुक्त प्लेटफर्ममार्फत सम्बन्ध विस्तार गर्दै जान सकिन्छ र महासंघ तयार छ’ उनले भने ।

यस्तै स्लोभेनियाका आवासीय राजदूत मेन्सिनले नेपाल र स्लोभेनियाबीच सौहार्द्धपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै आर्थिक साझेदारीलाई थप सुदृढ गर्दै जान सकिने बताए ।स्लोभेनियाली जनताले नेपाललाई हिमालयको काखमा अवस्थित सुन्दर देश भनेर चिन्ने र नेपाल भ्रमण गर्न रुचाउने उल्लेख गर्दै राजदूत मेन्सिनले प्रविधि हस्तान्तरण, नवप्रवर्तन र संयुक्त लगानीका क्षेत्रमा पनि सहकार्य बढाउन सकिने धारणा राखे ।

सो अवसरमा नेपालका लागि स्लोभेनियाका अवैतनिक महावाणिज्यदूत हरिभक्त शर्मा पनि सहभागी थिए । नेपाल र स्लोभेनियाबीच सन् १९९७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?