+
+
Shares

पर्वतीय तथा महासागरीय पारिस्थितिकी तन्त्रको संरक्षणसम्बन्धी प्रस्तावना आईपीयूबाट पारित

अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को १५२औं महासभाले ‘पर्वतीय तथा महासागरीय पारिस्थितिकी तन्त्रको संरक्षण र सन् २०३० सम्म ३० प्रतिशत संरक्षण लक्ष्य हासिल गर्न संसदीय नेतृत्वको भूमिका’ शीर्षकमा प्रस्ताव गरिएको प्रस्तावना पारित गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १४:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर–व्यवस्थापिका संघको १५२औं महासभाले पर्वतीय तथा महासागरीय पारिस्थितिकी तन्त्रको संरक्षण र सन् २०३० सम्म ३० प्रतिशत संरक्षण लक्ष्य हासिल गर्ने प्रस्तावना पारित गरेको छ।
  • डाक्टर अञ्जान शाक्यले प्रस्ताव गरेको उक्त प्रस्तावना टर्कीको इस्तानबुलमा सम्पन्न महासभाले पारित गरेको हो।
  • प्रस्तावना अनुसार थप अध्ययन र अनुसन्धानका लागि शाक्यसहित तीन जनालाई सह–प्रतिवेदकको जिम्मेवारी दिइएको छ।

८ वैशाख, काठमाडौं । अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को १५२औं महासभाले ‘पर्वतीय तथा महासागरीय पारिस्थितिकी तन्त्रको संरक्षण र सन् २०३० सम्म ३० प्रतिशत संरक्षण लक्ष्य हासिल गर्न संसदीय नेतृत्वको भूमिका’ शीर्षकमा प्रस्ताव गरिएको प्रस्तावना पारित गरेको छ ।

‘भावी पुस्ताका लागि शान्ति र न्याय सुनिश्चित’ भन्ने मूल नारासहित २०२६ अप्रिल १५ देखि १९ सम्म  टर्कीको इस्तानबुलमा विश्वभरका सांसदहरू सहभागी भएको महासभाले डाक्टर अञ्जान शाक्यले प्रस्ताव गरेको उक्त प्रस्तावनालाई पारित गरेको हो ।

१५० औं महासभाबाट शाक्य अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै विजयी भएकी थिइन् ।

उज्वेकिस्तानको राजधानी तास्केन्टमा भएको १५०औं महासभाबाट विजयी शाक्यले टर्कीको इस्तानबुलको १५२ महासभाबाट आफ्नो नेतृत्वको प्रस्तावना पारित भएकोमा खुशी व्यक्त गरिन् ।

उनले पर्वतीय तथा महासागरीय पारिस्थितिकी तन्त्रको संरक्षण र सन् २०३० सम्म ३० प्रतिशत संरक्षण लक्ष्य हासिल गर्न संसदीय नेतृत्वको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा गहन अध्ययन गरी अघि बढाउन सहभागी राष्ट्रहरुसँगको हातेमालोका लागि सक्दो प्रयास गर्ने बताइन् ।

प्रस्तावना परितसँगै थप अध्ययन, अनुसन्धानका लागि शाक्यसहित तीन जनालाई सह–प्रतिवेदकको जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?