+
+
WC Series
Nepal
0/0
VS
UAE
68/6 (11.4)
Shares

गृहमन्त्रीको राजीनामा माग्ने ४ जना सिंहदरबारबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १६:२५

८ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्ने ४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई सिंहदरबार परिसरभित्र बाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

उनीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि पुगेर गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै विरोध गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।

सेयर कारोबारमा विवादित व्यापारीसँगको पार्टनरसिप देखिएको भन्दै केही दिनदेखि गृहमन्त्री गुरुङको आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?